News Portal

  • रहेनन् भक्तपुरका पुराना नेता गणेशबहादुर खत्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०७८
    २७५६ पटक
    भक्तपुर, ३ जेठ २०७८

    भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो ।

    सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले) मा प्रवेश गरी प्रतिनिधि सभाका लागि उम्मेदवार समेत भए । राप्रपामा रहँदा २ पटक जिल्ला विकास समितिको सभापति भएका खत्री एमालेमा आएपछि भने राजनीतिमा सफल हुन सकेनन । तर, उनले आफ्ना कार्यकर्ता मिसाएर भक्तपुरमा नेकपा(एमाले)लाई बलियो बनाइदिएका बताइन्छ । हाल एमालेबाट सूर्यविनायक नगरपालिकाका मेयरमा निर्वाचित बासुदेव थापा खत्रीकै राप्रपाकालिन कार्यकर्ता हुन् ।

    दिवंगत खत्रीका ४ छोरा र १ छोरी छन् ।

    सच्याइएको : उमेर ८७ वर्ष हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...