News Portal

  • छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, भक्तपुर, ७ जेठ २०७८ शुक्रबार
    ८३९ पटक
    चाँगुनारायण, भक्तपुर, ७ जेठ २०७८ शुक्रबार

    भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्गमा २ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा लगाएको छन ।

    चाँगुनारायण नगरपालिकामा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ । सो दोस्रो मात्राको खोप भने जेठ १३ गतेसम्म दिने तालिका रहेको छ  । छालिङ्गमा जेठ ५ गतेका दिन  ८० जनाले दोस्रो मात्र लगाए भने ६ गते १ सय २३ जनाले खोप लगाएका हुन । आज शुक्रबार भने ६३ जनाले दोस्रो मात्रा खोप लगाएको छन । आज सम्म छालिङ्गमा २ सय ६६ ले खोप लगाएका हुन ।

    स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा गएको बर्षको चैत्र २५ गतदेखि वैशाख १६ गतेसम्म संन्चालन गरेको खोपमा ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । चाँगुनारायण नगरपालिकामा मात्र ८ हजार ५ सय ४३ जनाले पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    आज प्राप्त खबर अनुसार चाँगुनारायण नगरपालिकामा जम्मा कोरोना संक्रमित १८ हजार ३० जना रहेकोमा पुरुष १ हजार ९६ र महिला ७ सय ३४ जना रहेको छन । सक्रिय संक्रमित भने ५ सय ६६ जना रहेकोमा पुरुष ३ सय १९ जना र महिला २ सय ४७ जना रहेका छन । यस्तै होम आइसुलेसनमा ५ सया ३४ जना रहेकोमा पुरुष २ सय ९५ जना र महिला २ सय ३९ जना रहेको छन ।

    यस्को साथै अस्पतालमा बस्ने जम्मा ३२ जना मात्र रहेको छन । जसमा २४ पुरुष र ८ जना महिला रहेको छन । यसका साथै अहिले सम्म संक्रमण मृत्यु हुनेमा ७ सय ६१ पुरुष र ४ सय ८० जना गरि जम्मा १ हजार २ सय ४१ जना संक्रमण मुक्त भएको छन । चाँगुनारायणमा मृत्यु हुनेमा १६ पुरुष र ७ महिला सहित २३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...