सरकारले आगामी वर्ष २०७८/७९ को बजेटमा युवा लक्षित कार्यक्रम राखेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था बजेटमा गरिएको हो ।
स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी रु २५ लाख सम्म ऋण दिने व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणको क्रममा सो कुरा सार्वजनिक गरेका हुन् ।
उक्त ऋण प्राप्त गर्न अन्य धितो नचाहिने र ब्याजदर बढीमा ५ प्रतिसत हुने बताइएको छ ।