News Portal

  • कोभिड बिरुद्धको लडाईमा इट्टा व्यवसायी संघ भक्तपुरको रु ५० लाख सहयोग

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १७ जेठ
    २५६३ पटक
    भक्तपुर, १७ जेठ

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनसहयोगको क्रम जारी रहेको छ । नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको हो ।

    सोमबार मात्र नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ७३ लाख ७० हजार २ सय ५४ रुपैया सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ । सोमबार सर्वाधिक रकम इट्टा व्यवसायी संघको तर्फबाट प्राप्त भएको नगरप्रमुख सुनिल प्रजापतिकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    उनका अनुसार इट्टा व्यवसायी संघ भक्तपुरले ५० लाख रुपैया प्रकोप व्यवस्थापन कोषमा प्रदान गरेको छ । संघका अध्यक्ष नातिभाई हेम्बाको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । संकटको यो घडीमा आफ्नो पेशा व्यवसाय पनि संकटमा रहेतापनि नगरपालिकाको आह्वानलाई स्वीकार गर्दै सामाजिक उत्तरदायित्व बहन गरी सहयोग प्रदान गरिएको अध्यक्ष हेम्बाले बताए ।

    सहयोग ग्रहण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण प्रभावित भक्तपुरलाई मानवीय क्षती हुनबाट बचाउन नगरपालिकाले गरेका प्रयासहरुबारे प्रष्ट पारे । संघीय सरकारले भक्तपुरलाई सौतेनी व्यवहार गरेपनि जनताको साथ् सहयोगले काममा उत्साह मिलेको भन्दै उनले कोभिडलाई परास्त गर्न सकिने बिश्वास व्यक्त गरे । उक्त अवसरमा नगर उपप्रमुख, वडाध्यक्ष, इट्टा व्यवसायी लागायतको उपस्थिति रहेको थियो ।

    इट्टा व्यवसायीको सहयोगसंगै भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा २ साता नपुग्दै रु ३ करोड २० लाख ८२ हजार २४४ जम्मा भएको छ । देशमा स्थानीय सरकार प्रति स्थानीय आकर्षित र बिस्वस्त बन्न नसकिरहेको अवस्थामा भक्तपुर नगरपालिकालाई प्राप्त सहयोग हेर्दा उदाहरणीय मान्न सकिन्छ । यसले जननिर्वाचित संस्थाप्रति जनताको विश्वासको प्रतिनिधित्व गरेको छ ।

    आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं। ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...