News Portal

  • महेश बस्नेत मन्त्री नबन्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ जेठ २०७८
    २१०७ पटक
    भक्तपुर, २१ जेठ २०७८

    भक्तपुरका नेता एवं निवर्तमान संघीय सांसद महेश बस्नेत मन्त्री नबन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा नेता बस्नेत मन्त्री नबन्ने पक्कापक्की भएको हो ।

    नवनियुक्त मन्त्रीहरू लाई बेलुकी ८ बजे शीतलनिवासमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ । बस्नेत निकट श्रोतले भने मन्त्रीको सपथ ग्रहणका लागि सूचना नआएको बताएको छ । जनता समाजवादी पार्टी नेपालका नेताहरुलाई सरकारमा भित्राउन गरिएको मन्त्री मण्डल पुनर्गठनमा नेकपा एमालेका तर्फबाट पनि केहि मन्त्री हेरफेर हुने भएका छन् ।तर, यसपटक पनि नेता बस्नेत बाहिरै भएका श्रोतले जनाएको छ ।

    एमालेबाट शेरबहादुर तामाङले स्वास्थ्य र रघुवीर महासेठले परराष्ट्रमन्त्रीका इन्ट्री मार्ने बताइएको छ । जसपाका राजेन्द्र महतोको नेतृत्वमा ७ मन्त्री बन्दैछन भने उनीहरुलाई साना मन्त्रालयमै चित्त बुझाइएको बताएको छ । श्रोतका अनुसार खाली रहेका रक्षा र गृहसहित सात मन्त्रालय प्रधानमन्त्री ओलीले राख्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले अर्को विस्तारमा बस्नेतलाई मन्त्री बनाउने आस्वासन दिएका तर आफू निर्वाचनमा पराजित हुँदा मन्त्री बनाएका ओलीले निर्वाचित भएपछि पटक पटक मन्त्रीमण्डल पुनर्गठन गर्दा पनि आफूलाई नसमेटे पछि उनी निरास भएका बताइन्छ । यद्यपी, उनी निकट श्रोतले नेता बस्नेत मन्त्रीको दौडमा नरहेको जिकिर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...