News Portal

  • चिकपाले दिएको २१ हजार एन-९५ मास्क नेमकिपाद्वारा भक्तपुरका ६ हस्पिटलमा हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ जेठ २०७८
    ८११ पटक
    भक्तपुर, २३ जेठ २०७८

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले २१ हजार थान मेडिकल मास्क (एन ९५) भक्तपुरका ६ वटा अस्पताललाई उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टी द्वारा नेमकिपालाई प्राप्त उक्त मास्क जिल्लास्थित ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो ।

    आइतवार नेमकिपाका केन्द्रीय सचिव एवम् निवर्तमान संघीय सांसद प्रेम सुवालले प्रत्येक अस्पतालमा पुगी मास्कहरु हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई र जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु लगायतका नेताहरु सहभागी रहेका थिए ।

    उनीहरुले भक्तपुरस्थित भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त मानव अङ्ग अस्पताल लाई ५-५ हजार थान मास्क हस्तान्तरण गरेका छन् भने चाँगुनारायण नगर अस्पताल,मध्यपुर थिमिकोको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक नगर अस्पतालका लागि २ हजारका दरले मास्क हस्तान्तरण गरेको नेमकिपा भक्तपुर अध्यक्ष फोजुले जनाएका छन् ।

    मास्क हस्तान्तरण गर्दै पार्टी सचिव सुवालले चिनियाँ कम्युनिस्ट पार्टीप्रति आभार समेत प्रकट गरे । आफ्नो पार्टीलाई प्राप्त सहयोग भक्तपुरका अस्पताललाई हस्तारण गरिएको र देशका अन्य अस्पताललाई पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । उक्त अवसरमा सचिव सुवालले कोभिड बिरामीको उपचार र अस्पतालको अवस्थाबारे जानकारी समेत लिएका थिए ।

    महामारीमा अग्रपङ्तिमा बसेर लडिरहेका स्वास्थ्यकर्मीहरूको मनोवल उकास्ने उद्देश्यले विशेषतः अस्पताल प्रयोजनका निम्ति ती मास्क नेमकिपाकातर्फ बाट वितरण गरिएको नेता सुरेन्द्रराज राज गोसाईले जानकारी गराए ।

    एन ९५ मास्कको चरम अभावको यो बेला सहयोग प्रदान गरेकोमा नेमकिपाप्रति अस्पताल परिवारले आभार ब्यक्त गरेका छन्। भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवालले राजनीतिक तवरबाट गरिएको यो ज्यादै प्रशंसनीय कार्य भएको बताएका छन् । यसले अस्पताललाई कार्यसम्पादनमा सकारात्मक उर्जा मिलेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...