News Portal

  • भक्तपुरमा सार्वजनिक चौताराबाट गोली बरामद

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ जेठ २०७८
    ८३३ पटक
    भक्तपुर, २४ जेठ २०७८

    भक्तपुरको एक सार्वजनिक चौतारामा गोली फेला परेको छ । सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक रहेको चौतारामा गोली फेला परेको हो ।

    चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली भेटिएको स्थानीयले जनाएका छन् । कामदारले फेला पारेका ती गोली एसएलआर राइफलको गोली भएको आशंका गरिएको छ । गोली फेला परेको जानकारी पाएपछि महानगरिय प्रहरी वृत्त थिमिको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    सार्वजनिक चौतारामा के कसरी गोली आयो भन्ने बारे केहि जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान भैरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...