News Portal

  • माओवादी केन्द्रद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ जेठ २०७८
    ९२९ पटक
    भक्तपुर, २६ जेठ २०७८

    नेकपा (माओवादी केन्द्र) भक्तपुरले जिल्लास्थित सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पार्टीको उपल्लो कमिटीबाट प्राप्त स्वास्थ्य सामाग्री कोभिड अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

    बुधवार स्वास्थ्य सामग्री लिएर पार्टीका जिल्ला इन्चार्ज दिलिपकुमार प्रजापति ‘भिष्म’ , नेता देवेन्द्र श्रेष्ठ दिवाकर, अध्यक्ष डीपी ढकाल, प्रदेश सांसद प्रतिमा श्रेष्ठ लगायतका नेताहरु दुधपाटीस्थित भक्तपुर अस्पताल पुगेका थिए । उनीहरुले अस्पतालका अध्यक्ष मिलन सुवाललाई भेटी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

    पार्टी प्रयोजनका लागि उपल्लो कमिटीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री अधिकत्तम जनताको हितमा प्रयोग होस् भन्ने उदेश्यले सर्वसाधारण जनताको पहुँचमा रहेको भक्तपुर अस्पताललाई हस्तान्तरण गरिएको अध्यक्ष डीपी ढकालले जानकारी दिए । अध्यक्ष ढकालले जनाए अनुसार पीपीइ सेट, अक्सिमिटर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।

    इन्चार्ज प्रजापतिको नेतृत्वमा रहेको टोलीले अस्पतालको कोभिड उपचारको अवस्थाबारे जानकारी लिनुका साथै अवलोकन समेत गरेको थियो । कोभिड विरुद्धको लडाइमा स्वास्थ्यकर्मीहरुको योगदानको उच्च प्रशंशा गर्दै नेताहरुले अस्पताललाई आवस्यक सहयोग र समन्वयका लागि नेकपा माओवादी केन्द्र सधै तयार रहेको बताए । उक्त अवसरमा अस्पतालका अध्यक्ष मिलन सुवालले माओवादी केन्द्र बाट आफूहरुलाई सदैव हौसला प्रदान गरिएको प्रति आभार प्रकट गरे । आफ्नो पार्टी पंतिका लागि आएको स्वास्थ्य सामाग्री अस्पताललाई प्रदान गर्नुले ठुलो अर्थ राख्ने भन्दै उनले नेतृत्वको प्रशंसा गरे ।

    यसैबीच बिहीबार नै उक्त टोलीले जनसेवा समाज भक्तपुरका लागि पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । समाजका सहसंयोजक एवं सामाजिक परिचालक राम प्रजापतिले स्वास्थ्य सामाग्री ग्रहण गर्दै पार्टीप्रति आभार प्रकट गरेका छन् ।

    उक्त अवसरमा माओवादी नेताहरुले कोभिडको डरलाई बिर्सिएर जनताको सेवामा लागेका समाजका परिचालकहरुको प्रशंशा गर्दै समाजसेवा सबैभन्दा ठूलो कार्य भएको र यो सबैको बशको बिषय नभहेको भनेका छन् । उनले निस्वार्थ समाजसेवामा लागेका सस्था र अभियन्ता नै राष्ट्रका गहना भएका भन्दै आफूहरु सधै उनीहरु संगै रहने प्रतिवद्धता प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...