News Portal

  • काँग्रेस सांसद वैद्यको विवादास्पद अभिव्यक्ति फिर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ जेठ २०७८
    ४९८ पटक
    भक्तपुर, २९ जेठ २०७८

    वाग्मती प्रदेश सभामा आफूले दिएको अभिव्यक्तिप्रति काँग्रेस सांसद नरोत्तम वैद्यले आत्मालोचना सहित उक्त अभिव्यक्ति फिर्ता लिएका छन् । प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति उनले फिर्ता लिएका हुन् ।

    शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

    शुक्रबारको बैठकमा सांसद बैद्यले प्रधानमन्त्रीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफू नै गोड्से बन्ने बताएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।

    वैद्य काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ क बात प्रदेश सभा सदस्यका लागि निर्वाचित सांसद हुन् ।

    को हुन् नाथुराम गोड्से

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...