News Portal

  • नेता बस्नेतको पहलमा व्यवसायी मल्होत्राले दिए सूर्यविनायकलाई २० थान अक्सिजन सिलिन्डर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ असार २०७८
    १४४८ पटक
    भक्तपुर, १ असार २०७८

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान सांसद एवं नेकपा (एमाले)का नेता महेश बस्नेतको पहलमा व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेका छन् । व्यवसायी मल्होत्राले नगरपालिकालाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।

    मंगलवार व्यवसायी मल्होत्राले कटुञ्जेस्थित सूर्यविनायक नगर कार्यपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ । व्यवसायी मल्होत्रा र नेता बस्नेतले संयुक्त रुपमा नगर प्रमुख बासुदेव थापालाई उक्त सिलिन्डर हस्तान्तरण गरेका छन् । आफ्नो क्षेत्रलाई सम्झेर सहयोग गरेको प्रति नेता बस्नेतले व्यवसायी मलहोत्रालाई धन्यवाद दिंदै आभार प्रकट गरे । उनले निजी क्षेत्रको साथ् र सहयोगले सरकार र जनतालाई कोभिड १९ बिरुद्ध लड्ने साहस बढेको बताए ।

    कार्यक्रममा सूर्यविनायक नगर प्रमुख बासुदेव थापाले जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले गरेका प्रयासबारे अवगत गराउदै जगातीमा संचालनमा आउन लागेको नगर अस्पतालसंगै नगरको स्वास्थ्य क्षेत्रमा नयाँ युग शुरु हुने जिकिर गरे । उक्त अवसरमा नगर उपप्रमुख जुना बस्नेत, भक्तपुर सिडिओ प्रेमप्रसाद भट्टराई लगायतको समेत उपस्थिति रहेको थियो ।

    सहयोग हस्तान्तरणबाट आफूलाई सन्तोष मिलेको व्यवसायी मल्होत्राले भक्तपुरपोस्टसंग प्रतिक्रिया दिए । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका व्यवसायी मल्होत्राले सामाजिक सस्था डीएम फाउन्डेसन मार्फत सामाजिक काम गर्दै आएका छन् । कोरोना भाइरस संक्रमणको महामारीमा अक्सिजन अभाव भए संगै उनले चीनबाट अक्सिजन सिलिन्डर खरिद गरी अस्पतालहरुलाई निशुल्क उपलब्ध गराउदै आएका बताइएको छ । सूर्यविनायक नगरपालिकालाई पनि सोही संस्थामार्फत सहयोग गरिएको हो । यस अघि उनी नेतृत्वको व्यवसायिक समूह आइएमएसले सरकारलाई २ हजार २ सय ५० थान सिलिन्डर चीनबाट खरिद गरी सहयोगस्वरूप उपलब्ध गराएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...