News Portal

  • ‘कोभिड नो भिड’ संचालन गरिरहेको खेलकुद महासंघद्वारा भक्तपुर प्रहरीलाई सहयोग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ असार २०७८
    १५६४ पटक
    ramesh paudelभक्तपुर, २ असार २०७८

    नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

    केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा रहेको महासंघको टोलीले बुधवार प्रहरी परिसर र वृत्तमै पुगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको निर्वाचन उपसमितिका सचिव अशोकराज ढुंगेलले जानकारी गराए । ‘कोभिड नो भिड’ विशेष राष्ट्रिय अभियान संचालन गरिरहेको महासंघले कोभिडबाट जनतालाई बचाउन फ्रन्ट लाइनमा रहेका प्रहरीलाई सामाग्री सहयोग गरिरहेको र सोहीक्रममा बुधवार भक्तपुर प्रहरीलाई उक्त सामाग्रीहरु प्रदान गरिएको नेता ढुंगेलले बताए ।

    बुधवार स्वास्थ्य सामाग्री ग्रहण गर्दै भक्तपुर प्रहरीकी प्रमुख रहेकी महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले नेपाल खेलकुद महासंघ प्रति आभार प्रकट गरिन् । प्रत्येक सचेत नागरिक बिना बर्दीका प्रहरी भएका भन्दै एसपी थापाले कोभिड नियन्त्रणका लागि जारी निषेधाज्ञाको पालना गर्नु गराउनु सचेत नागरिकको समेत कर्तब्य भएको भन्दै सामुहिक प्रयासबाट मात्र महामारी माथि विजय प्राप्त गर्न सकिने बताइन । प्रहरीलाई प्राप्त सहयोगले काममा उत्प्रेरणा मिल्ने बताउदैं एसपी थापाले सिमित श्रोत र साधनका बीच प्रहरी जनताकै सहयोगले निरन्तर कार्यक्षेत्रमा रहेको स्पष्ट पारिन् ।

    कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले फ्रन्ट लाइनमा रहेर जनतालाई कोभिडबाट बचाउन अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनरहरुप्रति उच्च सम्मान व्यक्त गरे । महासंघले समेत ‘कोभिड नो भिड’ विशेष राष्ट्रिय अभियान संचालन गरिरहेको जानकारी गराउदै अध्यक्ष पौडेलले आफूहरु फ्रन्टलाइनरलाई सहयोग गर्न सदैव तयार रहेको समेत प्रतिवद्धता प्रकट गरे । अध्यक्ष पौडेलले भर्खरै बाढीपिडित बन्न पुगेका सिन्धुपाल्चोकका मेलम्चीबासीको उद्धार र राहतका लागि महासंघको टोली बिहीवार त्यहाँ पुग्ने समेत जानकारी गराए ।

    कार्यक्रममा सहभागी गरिवी निवारण कोषका अन्तिम कार्यकारी उपाध्यक्ष एवं नेकपा (एमाले)का नेता निर्मल भट्टराईले महामारीको समयमा खेलाडीहरु निस्वार्थ भएर स्वयंसेवामा आउनु प्रशंसनीय भएको भन्दै देशलाई अप्ठ्यारो पर्दा फ्रन्टलाइनमा आउने खेलाडी नै देशका गहना भएका बताएका छन् ।

    उक्त अवसरमा वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत लगायतका केन्द्रीय र प्रदेशका पदाधिकारीहरु र राष्ट्रिय खेलकुद परिषद भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा लगायतको उपस्थिति रहेको नेपाल खेलकुद महासंघका भक्तपुर अध्यक्ष विश्वास श्रेष्ठले बताए । उक्त टोलीले महानगरीय प्रहरी वृत्त जगाती र थिमी पुगी छुट्टा छुट्टै कार्यक्रमका बीच प्रहरीलाई सहयोग हस्तान्तरण गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...