News Portal

  • चारदोबाटो स्थित आईल्याण्डमा मोटरसाइकल ठक्कर खादा चालकको ज्यान गयो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ असार २०७८
    ११११ पटक
    भक्तपुर, ३ असार २०७८

    मध्यपुर थिमी-४ चारदोबाटो स्थित आईल्याण्डमा मोटरसाईकल ठक्कर खादा चालकको ज्यान गएको छ । मोटरसाईकल चालक जिल्ला सोलुखुम्बु चौलाखर्क-३ घर भई हाल जिल्ला काठमाण्डौ काडाघारी बस्ने वर्ष २७ को रमेश कुमार बस्नेतको ज्यान गएको हो ।

    काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा ७७ प ५६०५ नं को मोटरसाईकल गएराति करिब ११ बजे आफै अनियन्त्रित भई सडक बिचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाईकलमा तीनजना सवार रहेका थिए । अन्य दुइजनाको त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा थप उपचार भईरहेको बताइएको छ ।

    मोटरसाईकल पछाडी सवार जिल्ला उदयपुर ताप्ले गाउपालिका ५ घर भई हाल काडाघारी बस्ने वर्ष २२ को लोकेन्द्र मग्राती र जिल्ला सिन्धुली तिनपाटन गाउपालिका वडा नं. ५ घर भई हाल काडाघारी बस्ने वर्ष २५ को अमित जैरु रहेका छन् । उनीहरुको त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचार भईरहेको डिएसपी दिपक गिरीले जानकारी गराए । दुर्घटनाबारे थप अनुसन्धान कार्य भईरहेको उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...