News Portal

  • जन्मदिन मनाउने आफ्नै तरीका : डा. कोजूले पाठ्यपुस्तक उपहार दिएर मनाए आफ्नो जन्मदिन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असार
    १३७८ पटक
    भक्तपुर, ११ असार

    जन्मदिन मनाउने सबैका आआफ्नै तरीका हुन्छन । भक्तपुरका एक शिक्षकले भने पाठ्यपुस्तक उपहार दिएर आफ्नो जन्मदिन मनाएका छन् ।

    भक्तपुर–९, कमलविनायकको रोम्वस नेशनल स्कुलका प्रिन्सिपलसमेत रहेका समाजसेवी डा. राजेन्द्र कोजूले सामुदायिक विद्यालयमा भर्ना भएका कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई पाठ्यपुस्तक उपहार दिएका हुन् । बिहीबार आफ्नो ४३ औ जन्मोत्सवको अवसर पारेर डा कोजुले चाँंगुनारायण –७, सुडालस्थित ठूली ब्रम्हायणी आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरेका विद्यालयले जनाएको हो ।

    उनले नर्सरी, एलकेजी र यूकेजीमा अध्ययनरत ४५ जना विद्यार्थीलाई करिब ५३ हजार रुपैया बराबरको पाठ्यपुस्तक खरिद गरी पूरै सेट पाठ्यपुस्तक प्राप्त हुनेगरी विद्यालयलाई हस्तान्तरण गरेका बताइएको छ । राजनीतिशास्त्रमा विद्यावारिधी गरेका डा कोजुले यस अघिको जन्मदिन कृष्ण प्राविका विपन्न विद्यार्थीलाई यसरी नै पाठ्यपुुस्तक वितरण गरी मनाएका थिए ।

    सक्नेले नसक्नेका लागि गर्नुपर्छ भन्ने सेवाभावले आफूले काम गर्दै आएको डा कोजु बताउछन । शिक्षाको लगानी अहिले नदेखिए पनि यो नै दिगो लगानी भएको र यसले दीर्घकालमा समाजलाई प्रतिफल दिने उनको भनाइ छ । शिक्षा बाहेकको विकाशका कुरा क्षणिक र भ्रम मात्र भएको भन्दै उनले सबैखाले सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता समेत औल्याएका छन् । उनले आगामी दिनमा पनि आफ्नो जन्मदिन यसरी नै मनाउने उद्घोष गर्दै आफ्नो जीवन शिक्षा क्षेत्रको विकासका लागि सुम्पिएको बताए ।

    ठूली ब्रम्हायणी आधारभूत विद्यालयका प्रिन्सिपल हरि राउतले निजी विद्यालय संचालन गरे पनि डा कोजु सामुदायिक विद्यालयको विकासका लागि लागिपरेको बताए । उनले विपन्न वर्गका विद्यार्थीलाई सम्झिएर गरिएको सहयोगबाट समाजमा साकारात्मक संदेश प्रवाह हुने विश्वास व्यक्त गरे ।

    आफ्नो ४३ औं जन्मदिनकै अवसर पारेर डा कोजुले अनलाइन मार्फत उनी आफूले रचना गरेका कविताहरुको संग्रह ‘इमानको धरहरा’ समेत सार्वजनिक गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...