News Portal

  • पत्रकार महासंघको पहलमा भक्तपुरका पत्रकारले लगाए खोप

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असार
    ८९३ पटक
    भक्तपुर, ११ असार

    नेपाल पत्रकार महासंघ, भक्तपुरको पहलमा जिल्लाका पत्रकारहरुलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिएको छ । उनीहरुलाई बिहीवार चिनीयाँ खोप भेरोसिलको पहिलो मात्रा दिइएको हो ।

    विहीवार करिब ३ दर्जन बढी पत्रकारहरुले चिनीयाँ खोप भेरोसिलको पहिलो मात्रा प्राप्त गरेका महासंघका सचिव संजीप घिमिरेले बताए । सचिव घिमिरेका अनुसार महासंघको पहलमा पत्रकारहरुलाई खोप उपलब्ध गराइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, कटुन्जे भक्तपुरको सहयोग र जनस्वास्थ्य केन्द्र च्याम्हासिंह भक्तपुरको समन्वयमा बिहीवार पत्रकारलाई खोप लगाउने कार्यक्रम गरिएको उनले जानकारी गराए ।

    महासंघको अनुरोध स्वीकार गरि कोभिड महामारीको समयमा पनि जनतालाई सुसूचित गर्ने पेशागत कर्म गरिरहेका पत्रकारहरुका लागि खोप उपलब्ध गराएकोमा अध्यक्ष जगत कृष्ण प्रजापतिले बागमती प्रदेश सरकार, जिल्ला जनस्वास्थ्य कार्यालय, जनस्वास्थ्य केन्द्र लगायत सहयोगीहरु प्रति आभार प्रकट गरे ।  महामारीको समयमा आफ्ना सदस्यहरुको जीवन रक्षाका लागि खोप दिलाउन सफल भएको भन्दै भक्तपुर महासंघका सदस्य समेत रहेका सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्षहरु बिकल श्रेष्ठ र अमर भूजु, निवर्तमान केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर  लगायतले वर्तमान कार्यसमितिप्रति सन्तोष ब्यक्त गरे भने सदस्यहरूले खुशी ब्यक्त गरेका छन् । त्यसैगरी महासंघका केन्द्रीय महासचिव रोशन पुरीले खोपका लागि पहल गरि प्राप्त गर्न सफलता प्राप्त गरेकोमा भक्तपुर शाखालाई बधाई समेत दिएका महासंघले जनाएको छ ।

                       

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...