News Portal

  • कटुन्जे स्वास्थ्य चौकीको अवस्था चिन्ताजनक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असार
    २३५२ पटक
    भक्तपुर, १६ असार

    स्वास्थ्य चौकीहरु स्थानीय सरकार मातहत आएपछि स्थानीयले अझ राम्रो सेवा पाउने आशा गरिएपनि सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको कटुन्जे स्वास्थ्य चौकीको अवस्था भने चिन्ताजनक देखिएको छ । स्वास्थ्य चौकीले प्रदान गर्ने सेवामा पहिलेको भन्दा अहिले गुणस्तर घटेको स्थानीयले गुनासो गरेका छन् ।

    नगरपालिका र वडा कार्यालयको सक्रियतामा ल्याब समेत संचालन गरिएको भएतापनि कटुन्जे स्वास्थ्य चौकीमा कुनै दिन १ जना बिरामी समेत नपुग्ने देखिएको छ । दैनिक पचासौं बिरामीलाई उपचार सेवा पुर्याइरहेको यो स्वास्थ्य चौकीमा अचेल बिरामी सो मात्रामा नआउने गरेको कर्मचारीहरु नै स्वीकार गर्दछन ।

    स्थानीयले स्वास्थ्य चौकीको स्तर खस्कनुमा इन्चार्ज स्वस्ती आचार्यको दोष देखेका छन् । सेवाग्राहीप्रति जिम्मेवार नबनी नगरपालिका र राजनीतिक दलका नेताहरुको चाकरीमा इन्चार्ज लागेको कारण स्वास्थ्य चौकीको स्तर खस्किएको स्वास्थ्य चौकीलाई नजिकबाट नियालीरहेका एक स्थानीय सेवाग्राहीले बताए । इन्चार्ज आचार्य प्राय कार्यकक्षमा नभेटिने, भेटिएपनि बिरामी जांचमा भन्दा गफमै व्यस्त हुने र सेवाग्राही मैत्री व्यवहार पनि नगर्ने हुनाले बिरामीहरु दोहोर्याएर नआउने समस्या देखिएको उनले आरोप लगाएका छन् । त्यतिमात्र होइन, इन्चार्ज आचार्यले कर्मचारीलाई कुशल नेतृत्व दिन समेत सकेकी छैनन । १३ जना कर्मचारी रहेको यस स्वास्थ्य चौकीमा इन्चार्जले मनपरी गरेर व्यवस्थापकीय कमजोरी गरेको र चौकीको साख नै गिराएको भन्दै कर्मचारी पनि रुष्ट बनेका छन् । उनले कर्मचारीमा गुट बनाउन खोजेको समेत बताइन्छ ।

    कोभिड १९ विरुद्धको खोप दिंदा समेत निष्पक्ष नभएको आरोप खेप्नुपरेको भन्दै कर्मचारी असन्तुष्ट छन् । पछिल्लो समय खोप लगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउने भनेपनि इन्चार्जले बिबाद हुने तर्क राखेर पन्छिन खोजेको थाहा भएको छ । इन्चार्ज आचार्यले नगरपालिका र वडा कार्यालयमा पहुँच राख्ने हुँदा अन्य कर्मचारी उनीविरुद्ध आवाज उठाउन नसक्ने अवस्था देखिएको छ । नगर प्रमुख र वडाध्यक्षले आचार्यमाथि आँखा चिम्लेर बिस्वास गर्दा स्वास्थ्य चौकीको अवस्था बिग्रदै गरेको कर्मचारीहरु समेत बताउछन । इन्चार्ज आचार्यले कामजोरी गरेपनि स्थानीय सरकारले त्यसलाई सच्याउन नसक्ने हो भने कटुन्जे स्वास्थ्य चौकीमा शुन्य सेवाग्राहीको स्थिति हुनसक्नेतर्फ सचेत बन्नुपर्ने स्थानीयको सुझाव रहेको छ ।

    इन्चार्ज आचार्यले भने आफूमाथिको आरोप निराधार रहेको बताएकी छन् । पहिले भन्दा अहिले बिरामीको चाप घटेको भएपनि बिरामी नै नआउने भन्ने कुरा सत्य नभएको उनले बताइन । दैनिक एक दर्जन बढी बिरामीलाई अहिलेपनि सेवा दिईरहेको उनले दावी गरेकी छन् । कोरोना संक्रमणका कारण स्वास्थ्य चौकीमा बिरामीको चाप घटेको उनको भनाइ छ । उनले आफू स्वास्थ्य चौकीको बिकासमा अहोरात्र लागिरहेको समेत जिकिर गरेकी छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...