News Portal

  • प्रहरीका २५ सय बढी कार्यालयमा जनशक्ति एवं आर्थिक प्रशासन सुचारु गर्ने जिम्मा सहकुललाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असार २०७८
    ५७० पटक
    भक्तपुर, २५ असार २०७८

    बिहीवार मात्र बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) सहकुल बहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को बैठकले उनको बढुवासंगै उक्त विभागमा पदस्थापन गरेको हो ।

    मानवश्रोत हरेक संगठनको पहिलो र आधारभूत श्रोत हो । त्यसमा पनि प्रहरी संगठनमा यसको ज्यादै ठुलो महत्व रहन्छ । नेपाल प्रहरीको मानव श्रोत तथा प्रशासन विभाग प्रमुखको जिम्मेवारी पाउनु एआईजी थापाको लागि महानिरीक्षकको ढोका खुल्नु मानिएको छ । हाल नेपाल प्रहरीका २५ सय भन्दा बढी कार्यालयहरुमा जनशक्ति एवं आर्थिक प्रशासन सुचारु गर्ने, भौतिक पूर्वाधार व्यवस्थापन, बन्दोबस्तीका सामाग्रीहरु नियमानुसार वितरण, आवधिक रुपमा अनुगमन तथा मुल्यांकन समेत उनको नेतृत्वमा मानव श्रोत तथा प्रशासन विभागले गर्नेछ ।

    अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)थापा भक्तपुर घर भएका प्रहरी अधिकारी हुन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै एआईजीहरूको सरुवा समेत गरेको छ । स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका छन् भने उनको ठाउँमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बाट सरुवा भै प्रद्युम्न कार्की आएका छन् । कार्की पनि भक्तपुर घर भएका प्रहरी अधिकारी हुन् ।

    प्रशासन विभागका नीरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा आएका छन् भने अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...