News Portal

  • भक्तपुरमा शिक्षिकालाई मादल

    अनिल फोजू / भक्तपुर पोस्टभक्तपुर, २८ असार २०७८ ,सोमबार
    १३१९ पटक
    भक्तपुर, २८ असार २०७८ ,सोमबार

    भक्तपुर नगरपालिकाले निःशुल्क मादल प्रशिक्षणको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिशु स्याहार केन्द्रमा कार्यरत १२ जना शिक्षिका तथा १२ जना आयाहरुलाई तालिम दिइएको हो ।

    शिशु स्याहारमा मनरोञ्जनसहित स्याहार गर्नको लागि नगरपालिकाले तालिम सञ्चालन गरेको नगर शिक्षा प्रमुख हरि निरौलाले बताए । हाल पालिकामा ६ वटा शिशु स्याहार केन्द्र रहेका छन् । शिशु स्याहार केन्द्रका १२ शिक्षिका तथा १२ जना आयाहरुका लागि तालिम संचालन भएको हो । उक्त तालिम १५ दिन सम्म संचालन हुने र शिक्षिकालाई मादलको ताल सिकाइने बताइएको छ ।

    शिशु स्याहारमा बच्चाहरुलाई पढाउने मात्र होइन, स्याहार्ने काम पनि गरिन्छ । उनीहरुलाई स्याहार्नको लागि सामान्य तरीकाले नसक्ने भएकोले पालिकाले केन्द्रमा कार्यरत सबै शिक्षिकाहरुलाई मादलको तालले थप सहयोग गर्ने विस्वास गरिएको छ ।

    नगरपालिकाका अनुसार नानीहरुलाई सानै उमेर देखि संगीतको थेरापी दिन पालिकाले मादल प्रशिक्षणको महसुस गरेको हो । सानो बाजा र लोकप्रिय बाजा भएकोले मादलको छनौट र प्रशिक्षणको खोजी गरी प्रशिक्षण समेत सुरुवात भयो ।

    तालिमपश्चात नानीहरुलाई मनोरन्जनका साथ कक्षामा उपस्थित गराउने प्रतिबद्धता सहभागीहरुको छ । घरबाट स्याहार केन्द्रमा आउने वातावरणमा सकारात्मक रुपमा सहयोग गर्नै सहभागीहरु बताउँछन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...