News Portal

  • भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु

    बाबुराम दाहालभक्तपुर, ३१ असार
    २०७९ पटक
    Alzheimer's disease treatment service started at Bhaktapur Hospitalभक्तपुर, ३१ असार

    अल्जाइमर्स रोगका बिरामीलाई खुशीको खबर छ । भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु भएको छ ।

    बिहीबारबाट भक्तपुर अस्पतालमा अल्जाइमर्सका बिरामीलाई लक्षित गरी ओपिडी सेवा शुरु भएको हो । अस्पताल व्यवस्थापन तथा बिकास समितिका अध्यक्ष मिलन सुवालले एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेका हुन् ।

    अध्यक्ष सुवालले भक्तपुर अस्पतालले थप सेवाको रुपमा अल्जाइमर्स ओपिडी सेवा शुरु गरेको बताए । अस्पतालमा उक्त सेवा निसुल्क प्रदान गरिने उनको भनाइ छ । अल्जाइमर्स रोग भन्ने थाहाँ नहुदा पिडित भएकाहरु यसबाट लाभान्वित हुने उनले विश्वास व्यक्त गरे । आफ्नो कार्यकालमा भक्तपुर अस्पताललाई सेवा सुविधा सम्पन्न बनाउने अभियान अन्तर्गत अल्जाइमर्स ओपिडी शुरु भएको उनले बताए । उक्त सेवा सुचारु गर्न बागमती प्रदेश सरकार र शैलजा आचार्य आदर्श समाजको सहयोग रहेको बताइएको छ । अध्यक्ष सुवालले यस वर्ष  अस्पतालमा नाक,कान,घाटी र अर्थोडेन्टिस्ट्री सेवा समेत शुरु गरिएको जानकारी गराएका छन् ।

    अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमका अनुसार अल्जाइमर्स रोगको ओपिडी सेवालाई विशेष महत्वका साथ शुरु गरिएको छ । यो एक प्रकारको दीर्घ रोग भएको उनले बताएकी छन् । यसमा बिरामीको स्मरण शक्ति घट्दै जाने र स-साना कुरा पनि बिर्सिने समस्या हुन्छ । हड्बडि, छट्पटि लगायतका समस्या हुने र बिरामीको व्यवहारमा असाधारण किसिमका परिवर्तन देखापर्ने समेत हुनसक्ने उनले बताइन्। डा गौतमका अनुसार ६५ वर्ष माथिका मानिसहरुमा अल्जाइमर्सको समस्या बढी देखिने गर्दछ ।

    डा गौतमले मनोभावना र व्यवहारमा पहिलेको भन्दा फरक संकेत देखिएमा तुरुन्तै अस्पतालमा आउँन र सेवा लिन अनुरोध समेत गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...