News Portal

  • मुख्यमन्त्री पौडेलले भक्तपुर आएर गरे अध्यक्ष बिजुक्छेंसंग भेटवार्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ साउन २०७८
    ९६० पटक
    bijukchhe dormani paudelभक्तपुर, ४ साउन २०७८

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसंग भेटवार्ता गरेका छन् । भक्तपुर नगरपालिका अवलोकनका लागि आएका मुख्यमन्त्री पौडेलले नेमकिपा अध्यक्ष बिजुक्छेंसंग समेत भेटवार्ता गरेका हुन् ।

    भेटको अवसरमा मुख्यमन्त्री पौडेलले नेमकिपाको नेतृत्वमा भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उदाहरणीय प्रगति गरेको प्रतिक्रिया दिएका थिए । प्रदेशबाट भक्तपुरका अन्य अस्पतालहरुमा बजेट पठाएपनि ख्वप अस्पतालमा आफूहरुको ध्यान नपुगेको प्रति दुख व्यक्त गर्दै उनले अब उप्रान्त सक्दो सहयोग गर्ने बचन समेत दिएका थिए ।आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव बताउदै मुख्यमन्त्री पौडेलेले आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको पनि प्रष्ट पारे ।

    देशको परिवर्तित राजनीतिको विषयमा छलफल गर्दै नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलले ओली सरकारलाई नेमकिपाको सहयोगको खुलेर प्रशंशा समेत गरे ।

    भेटमा अध्यक्ष बुजुक्छेंले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने बताएका थिए भने प्रदेश र स्थानीय तहले केन्द्रको मुख नताकी आफ्नै भरमा विकास गर्नुपर्नेमा जोड दिए ।

    नयाँ नयाँ स्रोतको खोजी गर्न सुझाव दिंदै उनले भ्रष्टाचार रोक्न सके जनताले सुख पाउँने बिश्वास व्यक्त गरे ।
    उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त विशेषताहरु प्रस्तुत गर्दी नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माण, सरसफाईलगायतका क्षेत्रमा गरिरहेका गतिविधि र उपलब्धीबारे जानकारी गराएका थिए ।

    भेटवार्तामा प्रदेशका सांसदहरु सुरेन्द्रराज गोसाइँ, सृजना सैंजु, दिपक निरौला र उपमेयर रजनी जोशीको समेत उपस्थिति रहेको थियो ।

    भेटअघि मुख्यमन्त्री पौडेलले भक्तपुर नगरकार्यपालिकाको कार्यालय , ख्वप कलेज, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड युनिट र ख्वप इन्जिनियरिङ्ग कलेजको अध्ययनभ्रमण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...