News Portal

  • पार्टीभित्र पूर्ण प्रजातन्त्र भएकोले योग्य व्यक्ति नेतृत्वमा आउने बाटो खुला : सभापति थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,६ साउन
    ८०३ पटक
    भक्तपुर,६ साउन

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका चिन्तक विश्वेश्वर प्रसाद कोइराला अर्थात विपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुरले विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रम सपन्न गरेको छ ।

    उक्त अवसरमा बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति दुर्लभ थापाले विपीले अंगिकार गरेको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । विपीको रास्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै आवश्यक भएको उनको भनाइ छ ।

    सभापति थापाले कम्युनिष्टको आन्तरिक कलहले अप्ठ्यारोमा परेको राजनीतिलाई नेपाली काँग्रेसले निकास दिएको जिकिर गर्दै विपीले देखाएको बाटो बाट सरकार बिचलित नबनी देश र जनताको हितमा काम गर्ने विश्वास समेत व्यक्त गरे ।

    पार्टीको १४ औं महाधिवेशनको सन्दर्भमा समेत बोल्दै उनले पार्टी भित्र पूर्ण प्रजातन्त्र भएकोले योग्य व्यक्ति नेतृत्वमा आउने बाटो खुला रहेको दावी गरे ।

    कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुरेन्द्र के सी,उक्त अवसरमा पार्टी उपसभापति हरिप्रसाद नेपाल र भक्तपुर क्षेत्र नं. १ का कांग्रेस सभापति जीवन खत्री, पूर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर, महेश श्रेष्ठ, बागमति प्रदेशसभा सदस्यद्धय कृष्णलाल भँडेल र रजनी जोन्छें लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...