News Portal

  • भक्तपुरका पत्रकारहरुले लगाए चिनियाँ खोप भेरोसेलको दुबै मात्रा

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २१ साउन
    ९६२ पटक
    भक्तपुर, २१ साउन

    भक्तपुरमा पत्रकारहरुले चिनियाँ खोप भेरोसेलको दुबैमात्रा प्राप्त गरेका छन् । बिहीवार उनीहरुलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेलको दोश्रो मात्रा दिइएको हो ।

    नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा भक्तपुरका पत्रकारहरुले खोप प्राप्त गरेका हुन् । महासंघमा आवद्ध प्राय सबै पत्रकारलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको सचिव संजीप घिमिरेले जनाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, कटुन्जेको सहयोग र कटुन्जे स्वास्थ्य चौकीको समन्वयमा बिहीवार पत्रकारलाई खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी गराए । बिबिध परिस्थितिका कारण खोप लगाउन छुटेका पत्रकारलाई सूचित गर्न समेत उनले अनुरोध गरेका छन् । सचिव घिमिरेका अनुसार महासंघको भक्तपुर शाखामा १९७ सदस्य रहेका छन् ।

    यस अघि भक्तपुरका पत्रकारलाई असार १० गते भेरोसेलको पहिलो मात्रा दिइएको थियो । असार १० गते भक्तपुर नगरपालिकाको च्यामासिंहस्थित जनस्वास्थ्य केन्द्रमा पहिलो मात्रा दिइएको थियो भने सूर्यविनायक नगरपालिकाको कटुन्जे स्वास्थ्य केन्द्रमा बिहीवार दोश्रो मात्रा दिइएको हो ।

    भक्तपुरका १ दर्जन पत्रकार कोभिड संक्रमित भई अस्पताल नै पुग्नुपरेपछि महासंघले पत्रकारहरुको जीवन रक्षाको लागि खोपको पहल गरेको अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् । भक्तपुरका सदस्य समेत रहेका महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष एवं टेलिभिजनका पत्रकार दिलिप थापामगरले खोप प्राप्त गरेपछि जिल्लाको यो प्रशंसनीय कार्य भएको प्रतिक्रिया दिएका छन् । त्यसैगरी भक्तपुर शाखाकी निवर्तमान महिला उपाध्यक्ष एवं गोरखापत्रकी फोटो पत्रकार कविता थापाले सधै फिल्डमा खट्नुपर्ने पत्रकारलाई खोपले आत्मबल बढाएको बताइन । उक्त अवसरमा नेपाल पत्रकार महासंघ, भक्तपुरका उपाध्यक्ष सुन्दर सिल्पकार, सहसचिव हेमराज ढकाल त्यसैगरी सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्षद्वय विकल श्रेष्ठ र अमर भुजू त्यसैगरी अग्रज पत्रकार जीवन ढुंगाना,रत्न श्रेष्ठ, कृष्ण प्रजापति, जितेन्द्र रसिक, आरसी प्रजापति लगायतको समेत सहभागिता रहेको थियो । महामारीको समयमा आफ्ना सदस्यहरुको जीवन रक्षाका लागि खोप दिलाउन सफल भएको भन्दै पत्रकारहरुले वर्तमान कार्यसमितिप्रति सन्तोष ब्यक्त गरेका छन् ।

    नेपाल पत्रकार महासंघ भक्तपुरले आफ्ना सदस्यहरुलाई खोप लगाउन सहयोग गरेकोप्रति बागमति प्रदेश सरकार, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार, खोप अधिकृत प्रेम श्रेष्ठ लगायत कार्यालय परिवार त्यसैगरी कटुन्जे स्वास्थ्य चौकीका अध्यक्ष एवं वडाध्यक्ष राजकुमार जोशी, वरिस्ठ स्वास्थ्यकर्मी कृष्णप्रसाद अधिकारी, सम्झना नेउपाने लगायत स्वास्थ्य चौकी परिवार र जनस्वास्थ्य केन्द्र च्यामासिंहका डा लासिबा लगायतमा हार्दिक आभार समेत प्रकट गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...