News Portal

  • ओलीको दुर्गतीबाट पाठ सिकेर जनप्रतिनिधिले दम्भ देखाउन नहुने काँग्रेस नेता सिंहको सुझाव

    भक्तपुर पोस्ट संवाददाता मध्यपुर, २७ साउन २०७८
    ८४० पटक
    मध्यपुर, २७ साउन २०७८

    पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं प्रतिनिधि सभाका सदस्य प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको मात लाग्दा सत्ताच्युत हुनुपरेको जिकिर गरेका छन् । दुई तिहाइ सहित प्रधानमन्त्री बनेका ओलीले सत्ता पाएपछि देखाएको दम्भका कारण आफैले दुर्गती निम्त्याएका उनले दावी गरेका हुन् ।

    कौसलटारमा बुधवार मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ को वडा भवन उद्घाटन गर्दै नेता सिंहले भने, ” सत्ताको दम्भकै कारण केपी ओली समय नपुग्दै बालुवाटार छोडेर बालकोट फर्कनुपर्यो ।” नेकपा(एमाले ) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दुर्गतीबाट पाठ सिकेर जनप्रतिनिधिले दम्भ देखाउन नहुने उनले जिकिर गरे । जनप्रतिनिधि जनताको आदर्श प्रतिनिधि हुन सक्नुपर्नेमा जोड दिंदै उनले दलगत स्वार्थबाट माथि उठ्न नसक्ने जनप्रतिनिधिका कारण देश र जनताले दुख पाइरहेका समेत खुलासा गरे ।

    जनताको घर दैलोमा भेटिने स्थानीय जनप्रतिनिधिको व्यवहारबाट जनताले राजनीतिक व्यवस्था माथि नै धारणा बनाउने हुँदा जनप्रतिनिधि इमान्दार र स्वच्छ आचारण युक्त हुनुपर्ने उनको सुझाव छ । जनप्रतिनिधि भ्रष्टाचारी र अपारदर्शी भएमा व्यवस्थाप्रति नै जनतालाई वितृष्णा उत्पन्न हुनसक्ने उनको भनाइ छ । दलीय व्यवस्थामा चुनावका बेला प्रतिस्पर्धा हुनु स्वभाविक भएपनि चुनाव पछि बिकास निर्माण र जनचासोका विषयमा नेताहरुको एकमत हुनुपर्ने समेत उनले आवश्यकता औल्याएका छन् । नेपालमा चुनावको हारजितले इगोको रुप लिदा बिकास निर्माण प्रभावित हुने गरेका आफ्नो अनुभव सुनाउदै पूर्व स्थानीय विकास मन्त्री समेत रहेका सिंहले यो अवस्थाको अन्त्यका लागि जनप्रतिनिधिले सबैलाई समेटेर लान सक्नुपर्ने र प्रत्यासी नेताहरुले पनि सहयोगी हात अघि बढाउनुपर्ने बताए ।

    उक्त अवसरमा नेता सिंहले मध्यपुर नगरपालिकामा वडा नम्बर ३ ले आफ्नै प्रशासनिक भवन संचालन गरेको प्रति बधाई दिंदै अरु वडाले पनि यसबाट सिक्नुपर्नेमा जोड दिएका थिए । उनले प्रशासनिक भवनबाट जनतालाई काममा सहज हुने बिश्वास समेत व्यक्त गरेका छन् ।

    वडा नम्बर ३ का वडाध्यक्ष प्रेम बहादुर कुटुको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, उप प्रमुख अन्जनादेवी मधिकर्मी, नेपाली काँग्रेस भक्तपुरका प्रभावशाली नेता अष्ट कबे लगायतले मध्यपुर थिमिको विकास निर्माणको अवस्थाबारे अवगत गराएका थिए भने उक्त कार्यक्रमको संचालन वडाकी निमित्त प्रशासकीय प्रमुख तारा पोखरेलले गरेकी थिइन् । कार्यक्रममा वडा नबर २ का वडाध्यक्ष राम थापामगर, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति  लगायतको आतिथ्यता रहेको थियो । उक्त अवसरमा कोभिड रोकथाम र नियन्त्रणमा वडाको अभियानमा साथ् दिएका व्यक्ति तथा सस्थालाई सम्मानपत्र द्वारा सम्मानित समेत गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...