News Portal

  • कोभिड तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित,टोलटोलमा पुगेर जनचेतना जगाँउदै

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २९ साउन २०७८
    २१०८ पटक
    bhaktapur policeभक्तपुर, २९ साउन २०७८

    कोभिड संक्रमणको तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित बनेको छ । महामारी बाट बच्न सर्वसाधारणले स्वास्थ्य सुरक्षाबारे सावधानी अपनाएको नदेखिएपछि प्रहरी चिन्तित बनेको हो ।

    महानगरीय प्रहरी वृत्त जगातीले जनतालाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट बच्न र बचाउन जनचेतनामुलक अभियान नै संचालन गरिरहेको वृत्त प्रमुख राजेश थापाले बताएका छन् । कोभिड बिरुद्ध अग्र मोर्चामा रहेर काम गरेको अनुभव भएकोले पनि प्रहरीले पहिलो र दोश्रो लहरको अनुभवबाट तेस्रो लहर रोक्ने पूर्वतयारी गरेको उनी बताउछन । रोग लागेपछि उपचारमा जाने भन्दा रोग लाग्नै नदिने कोभिड महामारी रोक्ने प्रमुख अस्त्र भएको डिएसपी थापाले आफ्नो अनुभव सुनाए । तर, सर्वसाधारण बाटोमा कोभिडको वास्तै नगरी बेपर्वाह बनेको देख्दा उनको बेचैनी बढेको छ ।

    ”हामीले वृत्त मातहतका सबै प्रभाग र चौकीलाई कोभिड बिरुद्ध जनचेतनामुलक अभियानमा जोडेका छौं ।” वृत्त प्रमुख रहेका डिएसपी थापाले दावी गरे । उनका अनुसार प्रहरीले पम्प्लेट,प्लेकार्ड, ब्यानर, माइकिङ्ग लगायतको माध्यमबाट मास्क लगाएर हिड्न र सामाजिक दुरी कायम गर्न जनचेतनामुलक प्रचारप्रसार गरिरहेको छ । त्यतिमात्र होइन, ड्युटीमा खटिएका प्रहरीहरुले यसमा कडाइ समेत गरिरहेको उनको भनाइ रहेको छ । कोभिड बिरुद्धको लडाइमा प्रहरीलाई सबै नागरिकको साथ् चाहिने बताउदै डिएसपी थापाले प्रहरीले समुदायसंग मिलेर यसबारे ब्यापक प्रचार अभियान चलाइरहेको जनाएका छन् ।

    जगाती वृत्त मातहत रहेको महानगरीय प्रहरी प्रभाग कटुन्जेले प्रत्येक दिन बिहानको समयमा समुदायस्तरमा कोभिड सचेतना कार्यक्रम गरिरहेको देखिन्छ । कटुन्जे प्रभागका प्रमुख रमेश राइ आफै प्रत्येक दिन सचेतना कार्यक्रमको नेतृत्व गरेर हिडिरहेका देखिन्छन । तर, सर्वसाधारणले कोभिड सावधानी प्रहरीको लागि मात्र गर्नुपरेको जस्तो गरेको उनले गुनासो गरेका छन् ।यात्रा र किनमेलमा सामाजिक दुरी कायम गर्ने, साबुनपानी वा सेनिटाइजरको व्यवस्था गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने भनेपनि मानिसहरुले प्रहरीले नदेख्दा वा, नभन्दा सम्म त्यो कार्य नगर्ने गरेको उनले गुनासो गरे । प्रहरीले कडाइ गर्दा दुख दिएको ठान्ने कारणले आफूहरुलाई निरास बनाउने गरेको उनले बताए । कोभिड बिरुद्ध प्रहरीको प्रयासमा आम सामुदायको साथ् र सहयोगको आवस्यकता औल्याउदै उनले कोभिड महामारीको सम्भावित तेस्रो लहर रोक्न प्रहरी समुदाय मिलेर मात्र सम्भव हुनेमा जोड दिए ।

    महानगरीय प्रहरी प्रभाग सुडालले पनि दिनहुँ समुदायसंग मिलेर कोभिड बिरुद्ध सचेतना अभियान संचालन गरिरहेको छ । प्रभाग प्रमुख रहेका किशोरध्वज कार्की कोभिड १९ विरुद्ध सामाजिक संजालमा समेत सक्रिय रहेका देखिन्छन । उनले खासगरी स्वास्थ्यकर्मी, युवा र विद्यार्थीलाई कोभिड बिरुद्धको प्रचार अभियानमा जोडिन प्रेरित गरेका छन् । प्रहरीले मात्र भनेर नमान्ने, नसुन्ने वा नपत्याउने मानिसहरु समुदायका सचेत वर्गले भनेको मान्ने हुनाले कोभिड विरुद्ध समुदाय नै लाग्नुपर्ने उनको अनुभव रहेको छ ।

    महानगरीय प्रहरी वृत्त जगातीले मास्क खै अभियान चलाइरहेको र बिना मास्क हिड्डुल गर्न निरुत्साहित गरेको वृत्तका प्रहरी निरीक्षक बिष्णु फुँयालले बताए । त्यसैगरी, स्थानीय जनसमुदायको घरदैलोमै पुगेर कोभिड १९ महामारी रोक्न जनाचेतना जगाइरहेको उनले जिकिर गरेका छन् । कोभिड बिरुद्धको लडाइमा प्रहरीको शक्ति जनता नै भएको भन्दै उनले सम्भावित तेस्रो लहर रोक्न सबै सचेत र एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...