News Portal

  • नेताद्वय दाहाललाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ भदौ
    १३४८ पटक
    भक्तपुर, ६ भदौ

    नेकपा (माओवादी केन्द्र) का चाँगुनारायण नगर इन्चार्ज रामशरण दाहाल तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामति)का भक्तपुर इन्चार्ज कुबेरप्रसाद दाहाल लगायत परिवारजनलाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता पुतली दाहालको निधन भएको हो ।

    सामान्य स्वास्थ्य अवस्था रहेकी ८१ वर्षिया आमाको निधन भएपछि दाहाल परिवार शोकमा परेको छ । स्वास्थ्यमा  सामान्य समस्या देखिएपछि चाँगुनारायण ३ दाहाल गाउँस्थित निजी निवासबाट उनलाई केएमसी अस्पताल पुर्याइएको थियो । केएमसी अस्पताल सिनामंगलमा शनिवार दिउँसो उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शनिवार साँझ नै आमा पुतलीको पार्थिव शरीरलाई झौखेलस्थित स्थानीय हनुमानघाट पुर्याई अन्तिम सस्कार गरिएको थियो ।

    दिवंगत आमा पुतली दाहालका ४ छोरा र २ छोरी छन् । नेकपा (माओवादी केन्द्र)का भक्तपुर अध्यक्ष डिपी ढकालले उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । भक्तपुरपोस्टका शुभचिन्तक नेताद्वयका ममतामयी माताप्रति भक्तपुर पोस्ट परिवार समेत हार्दिक श्रद्धान्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...