नेकपा (माओवादी केन्द्र) का चाँगुनारायण नगर इन्चार्ज रामशरण दाहाल तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामति)का भक्तपुर इन्चार्ज कुबेरप्रसाद दाहाल लगायत परिवारजनलाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता पुतली दाहालको निधन भएको हो ।
सामान्य स्वास्थ्य अवस्था रहेकी ८१ वर्षिया आमाको निधन भएपछि दाहाल परिवार शोकमा परेको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि चाँगुनारायण ३ दाहाल गाउँस्थित निजी निवासबाट उनलाई केएमसी अस्पताल पुर्याइएको थियो । केएमसी अस्पताल सिनामंगलमा शनिवार दिउँसो उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शनिवार साँझ नै आमा पुतलीको पार्थिव शरीरलाई झौखेलस्थित स्थानीय हनुमानघाट पुर्याई अन्तिम सस्कार गरिएको थियो ।
दिवंगत आमा पुतली दाहालका ४ छोरा र २ छोरी छन् । नेकपा (माओवादी केन्द्र)का भक्तपुर अध्यक्ष डिपी ढकालले उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । भक्तपुरपोस्टका शुभचिन्तक नेताद्वयका ममतामयी माताप्रति भक्तपुर पोस्ट परिवार समेत हार्दिक श्रद्धान्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।