News Portal

  • महेश बस्नेतकै निर्वाचन क्षेत्रमा निर्वाचित प्रदेश सांसद श्रेष्ठ एकीकृत समाजवादीमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ भदौ
    १५८७ पटक
    rajendramanभक्तपुर, १५ भदौ

    नेकपा(एमाले) विभाजित भई बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा भक्तपुरका एक प्रदेश सांसद समेत खुलेका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत मध्यपुर थिमि क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले नेपाल नेतृत्वको नयाँ पार्टी रोजेका हुन् ।

    प्रदेश सांसद डा श्रेष्ठले मंगलवार हेटौडा स्थित बागमति प्रदेश निर्वाचन कार्यालय पुगेर नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । डा श्रेष्ठ लगायत नेकपा(एमाले)बाट निर्वाचित बागमती प्रदेश सभाका १२ जना सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रहेका एमाले नेता महेश बस्नेतले भक्तपुरमा एमालेका वडा सदस्य समेत नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएको सार्वजनिक भाषण गरिरहदा उनकै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद डा श्रेष्ठ नेपालको नयाँ पार्टीमा खुलेका छन् । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोज्ने उनी नेकपा एमाले भक्तपुरका उच्च तहका जनप्रतिनिधि हुन् ।

    बौद्धिक नेता डा श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)मा खुलेसंगै भक्तपुरमा एमालेलाई ठुलो धक्का लागेको छ । भक्तपुर एमालेलाई यसले सांगठनिक रुपमा मात्र नभई मनोबैज्ञानिक रुपमा समेत कमजोर बनाएको बताइएको छ ।

    बागमती प्रदेशमा हालसम्म डा. राजेन्द्रमान श्रेष्ठ,राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र कृष्ण खनाल नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...