News Portal

  • मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ असोज २०७८
    ८६३ पटक
    भक्तपुर, ४ असोज २०७८

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभाले श्रीकुमार रन्जितको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ।
    नयाँ कार्यसमितिमा अध्यक्ष श्रीकुमार रन्जित,वरिष्ठ उपाध्यक्ष -शिवराम अवाल एवं उपाध्यक्षहरुमा रामप्रसाद मानन्धर,उमेश बस्नेत र प्रकाश सैजु रहेका छन् । अन्य पदाधिकारीमा महासचिव उत्तरा नेपाल,सचिव दिनेश थापा, कोषाध्यक्ष-हरिबोल प्रजापति र सह कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएका छन् ।                                                                                त्यसैगरी सदस्यहरुमा मनकराम थापा,श्यामसुन्दर प्रजापति,मन्जित प्रजापति,कृष्णराम सवा,कृष्ण गोपाल वाइजु,अम्विका भण्डारी बस्नेत,रमिला स्वंगमिखा,विन्द प्रजापति,शर्मिला बस्नेत लम्साल र सविना केसीले जिम्मेवारी पाएका बताइएको छ । मानवीय आस्था नेपाल नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेतको संरक्षकत्वमा संचालित गैरसरकारी संस्था हो । भुकम्पपछिको राहत वितरणमा यसै संस्था मार्फत गरिएको सहयोगले नेता बस्नेत लाई सांंसद बन्न बल मिलेको विश्लेषण गरिदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...