News Portal

  • बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ असोज २०७८
    ६६६ पटक
    भक्तपुर, ४ असोज २०७८

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बालुवा र सिमेन्ट बोकेको लु. ४ त २५४२ नं. को ट्र्याक्टर दुर्घटना हुँदा बर्दिया घर भै बाल्कोट नै बस्ने २५ वर्षका रोशन चौधरीको ज्यान गएको हो ।

    आइतवार साझ पौने ५ बजे भएको दुर्घटना लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।  तत्कालै घटनास्थलमा चारदोबाटो स्थित ड्युटीमा रहेको प्रहरी टोली पुगी स्थनीयहरुको सहयोगमा गम्भीर घाईते चालक चौधरीलाई ट्याक्टरको स्टेरिङले च्यापिएको अवस्थामा उद्धार गरी मध्यपुर अस्पताल ठिमी पुर्याएको प्रहरीले जनाएको छ । उपचारकै क्रममा साझ पौने ६ बजे उनको ज्यान गएको डिएसपी दिपक गिरीले जानकारी गराएका छन् ।

    ठिमी बृत्तका इन्स्पेक्टर इन्द्रमणी अधिकारीको कमान्डमा खटिएको अनुसन्धान टोलीले सडकको बिग्रेको अवस्था र क्षमता भन्दा बढी भार बोकेको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । महेन्द्र शान्ति स्कुलबाट चारदोबाटो तर्फ आउदै गरेको भित्री सडक खण्ड उकालो ओरालो तथा खाल्डा खुल्डी भई बिग्रिएको र बालुवा तथा सिमेन्टको लोड अत्याधिक भएको कारणले उकालोमा तान्न नसकी एक्कासी ट्याक्टरको अगाडीको ईन्जिन माथि उठ्न गई चालकलाई स्टेरिङले च्यापेको र उपचारकै क्रममा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो । घटना सम्बन्धमा थप: अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...