News Portal

  • भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने, प्रथम हुनेलाई ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ असोज २०७८
    ८८७ पटक
    भक्तपुर, ७ असोज २०७८

    भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । सूर्यविनायक- ८, ईंटबुस्थित हेल्दी फुटसलको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो ।

    यसै महिनाको १६ गते ‘प्रथम हेल्दी फुटसल खुला प्रतियोगिता- २०७८ आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक श्यामकृष्ण प्रजापतिले जानकारी दिए । प्रतियोगितामा २० देखी ३२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए ।

    प्रत्येक खेलका लागि १५ मिनेटको समय रहने र नकआउटका आधारमा खेलाईने बताइएको छ । निर्धारित समयमा खेल बराबरी भए सिधै टाईब्रेकरबाट खेलको निर्णय गरिने संयोजक प्रजापतिले प्रष्ट पारेका छन् ।

    प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितिय हुने टोलीलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । त्यसैगरी वेष्ट गोलकिपर, वेष्ट प्लेयर र फेयर प्ले अवार्ड पनि प्रदान गरिने जानकारी गराइएको छ ।

    कोभिडका कारण तहसनहस खेल गतिविधिलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको हेल्दी फुटसलका अर्का सञ्चालक उज्वल धौभडेलले बताए । ‘फुटसलको विकास र खेलाडीहरुको प्रतिभालाई उत्प्रेरित गर्ने उद्देश्यले पनि यो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने ।

    हेल्दी फुटसलले खेलको विकास र खेलाडीलाई प्रोत्साहन स्वरुप विगतमा टेबल टेनिस, व्याडमिन्टन जस्ता खेल प्रतियोगिता गरेको जानकारी दिँदैं फुटसल प्रतियोगिता सञ्चालक समितिका सदस्य रविन धौभडेलले आगामी दिनमा बक्सिङलगायतका प्रतियोगिता गर्ने योजना रहेको समेत बताए ।

    असोज १६ गते गर्ने योजना रहेको फ़ुटसल प्रतियोगितामा ३ लाख बढी खर्च हुने अनुमान गरिएको अर्का संचालक संजीव किवानायोले जनाएका छन् । उनका अनुसार प्रतियोगितामा सहभागी टोलीले ३ हजार दर्ता शुल्क तिर्नु पर्नेछ । थप खर्चको व्यवस्थापनका लागि दाताहरुको खोजी भैराखेको विरू सैजुंले बताए ।

    प्रतियोगिता खेलाडीका लागि अवसर समेत भएको भन्दै यसको सफलताका लागि सबै खेलप्रेमीहरुले सहयोग गर्नुपर्ने खेलप्रेमी गायक रोशन धौभडेलको भनाइ छ । उनका अनुसार प्रतियोगितामा उपत्यकाका तीनै जिल्ला र काभ्रेबाट पनि क्लबहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...