News Portal

  • भक्तपुरमा काँग्रेसका दुई पक्षको भागमा बराबरी नगरपालिका : यि हुन् नव निर्वाचित नगर सभापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० असोज २०७८
    २६०१ पटक
    भक्तपुर, १० असोज २०७८

    भक्तपुरमा नेपाली कांग्रेसको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लास्थित चारैवटा नगरपालिकामा नयाँ नेतृत्व चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको हो ।

    भक्तपुरको चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव भएको थियो ।

    नगर अधिवेशनमा जिल्ला सभापति दुर्लभ थापा पक्षको एक समूह र त्यसको बिरुद्ध नेताहरू  गणेशमान चक्रधर, अष्ट कवे, महेश श्रेष्ठ, कविर राणा र विनोद कायष्ठ लगायतको अर्को पक्षको समूह बीच चुनावी भिडन्त भएको थियो ।

    चुनावी नतिजा अनुसार भक्तपुरका ४ नगरपालिका मध्ये सभापति थापा पक्षले २ वटा र अर्को पक्षले पनि २ वटामा जीत हासिल गरी बराबरी नतिजा निकालेका छन् । प्रत्येक नगरपालिकामा सभापतिले आफू मात्र नभई प्यानल नै जिताउन सफल भएका छन् ।

    सूर्यविनायक नगर सभापतिमा थापा पक्षबाट  जिल्ला सचिव रहेका हेभिवेट उम्मेदवार  निशान ढुंगेल आफै मैदानमा उत्रेका थिए । अर्को प्यानलबाट नगरको पार्टी उपसभापति रहेका  युवा नेता  रवी राणाले ढुङेललाई चुनौती दिएका थिए । ढुंगेलले राणा विरुद्ध सहज जीत हासिल गरेका छन् । ११२ बिरुद्ध १४४ मतसहित उनी बिजयी बनेका हुन् । तर, मध्यपुर थिमिमा भने जिल्ला सभापति थापा पक्ष नराम्ररी पराजित भएको छ ।

    मध्यपुर थिमिको नगर सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठलाई हरिदास प्रजापतिले १ सय बढी मतान्तरले पराजित गर्दै निवर्तमान बनाउन सफल भएका छन् । यो नगरपालिकामा सर्वाधिक ४९ मत बदर भएको छ ।

    जिल्ला सभापति थापा पक्षले मध्यपुरको हारको बदला चाँगुनारायण नगरपालिकामा १ सय बढी मतान्तरले जीत निकाल्दै बदला चुक्ता गरेको छ । थापा पक्षका नगर सभापतिका उम्मेदवार शिवहरी केसीले गोपाल पौडेललाई १ सय बढी मत अन्तरले हारको स्वाद चखाएका छन् ।

    भक्तपुर नगरपालिकामा भने थापा समूहबाट वर्तमान नगर सभापति राम कासुला फेरिपनि सभापतिको उम्मेदवार बनेका थिए ।तर, उनलाई १९ मतले पछि पार्दै राजेन्द्र तमखुले जीत हासिल गरे ।

    निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सूर्यविनायकमा सभापति थापा पक्ष र मध्यपुरमा थापा इत्तर पक्षले जीतको नतिजा निकाल्यो भने निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत चाँगुनारायणमा सभापति थापा पक्ष र भक्तपुरमा थापा इत्तर पक्षमा चुनावी परिणाम प्राप्त भयो । चुनावी परिणामलाई विश्लेषण गर्दा क्षेत्र र जिल्लाको नेतृत्व चयन अझ पेचिलो बनेको भक्तपुर पोस्टसंग कुराकानी गर्दै भक्तपुरका वरिष्ठ पत्रकार रमेश खड्का बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...