News Portal

  • विप्लवको सर्लाही इन्चार्ज हत्या प्रकरण : बादल र खनालविरुद्धको जाहेरी लिन अदालतको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ असोज
    ९६६ पटक
    भक्तपुर, १४ असोज

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्काउन्टर नभई नियोजित हत्या भएको भन्ने जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको प्रहरीलाई जाहेरी दर्ता गर्न अदालतले आदेश दिएको छ । मृतक पौडेलकी ामा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

    सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि  फुयाँलको इजलासले एक साता भित्र जाहेरी दर्त गर्न आदेश दिएपछि उक्त घटनाको अनुसन्धान अघि बढ्ने बाटो खुलेको सर्लाहीका पत्रकार प्रेमनाथ पौडेल बताउछन । जाहेरीमा सर्लाहीका तत्कालीन सिडिओ कृष्णबहादुर राउत, एसपी गोपाल भट्टराई देखि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्मलाई बिपक्षी बनाइएको छ ।

    ५ असार २०७६ मा विशेष ब्युरोबाट खटिएका प्रहरीको गोलीबाट लालबन्दी १ लखनदेहीमा कुमार पौडेलको ज्यान गएको थियो । प्रहरीले इन्काउन्टर दावी गरेपनि सो गिरफ्तारी पछिको निर्मम हत्या भएको परिवारको मात्र नभई स्थानीय जनताको समेत आरोप छ । गृहमन्त्रीको स्वीकृतीमा तत्कालिन प्रहरी प्रमुख खनालकै निर्देशनमा सो इन्काउन्टरको नाममा नियोजित हत्या भएको आशंका गरिदै आएको छ । यसै विषयमा दोषीलाई कारवाहीको माग गर्दै संसद समेत अवरुद्ध भएको थियो ।

    राष्ट्रिय मानव अधिकार आयोगले समेत आफ्नो स्थलगत अनुसन्धान प्रतिवेदनमा यसलाई प्रहरीबाट भएको हत्या भनेको छ । आयोगले यसमा संलग्नहरुलाई कारवाहीको सिफारिस समेत गरिसकेको छ । सर्वाेच्चको आदेशसँगै यो इन्काउन्टर प्रकरण नयाँ चरणमा पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...