News Portal

  • भक्तपुरका ९८ विद्यार्थीलाई छात्रवृत्ति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ असोज
    ७२४ पटक
    भक्तपुर, १४ असोज

    भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ का लागि कक्षा ११ मा ९८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । मापदण्ड अनुसार छनोट भएका ९८ जना विद्यार्थीहरुलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।

    भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेजहरु ख्वप मावि, बागीश्वरी मावि, बासु मावि, श्री पद्म मावि, आदर्शआजाद, शारदा मावि र शारदा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विज्ञान विषयका ३५ जना, व्यवस्थापन विषयका ४८ जना, कानुन विषयका ४, शिक्षा विषयका ६ जना र मानविकी विषयका ५ जना गरी ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

    छात्रवृत्ति छनौट समितिमा अध्यक्ष सुनिल प्रजापति सदस्यहरुमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व,७ का उकेश कवां लगायत रहेका थिए । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरुलाई बिहीवार एक समारोहकाबीच नगर प्रमुख प्रजापतिले छात्रवृत्ति छनोट सिफारिस पत्र प्रदान गरे ।

    कार्यक्रममा प्रमुख प्रजापतिले विद्यार्थीको आचरण, व्यवहार र संस्कारले सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउदै विद्यार्थीहरुमा देश र समाजको निम्ति काम गर्ने भावना हुनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...