News Portal

  • काँग्रेसको महाधिवेशन हेर्न भक्तपुर आउनु : सभापति थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असोज २०७८
    २७८२ पटक
    भक्तपुर, १६ असोज २०७८

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो लागि सबै कार्यकर्ता र उम्मेदवार बराबर भएका भनेका छन् । १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा सम्पन्न वडा र नगर अधिवेशन निष्पक्ष र प्रभावकारीरुपले सम्पन्न भएको भन्दै उनले आफूले कोहीकसैको पक्षमा भोट नमागेको दावी समेत गरे ।

    शनिवार सूर्यविनायक नगर कार्यसमितिका नव निर्वाचित पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसको महाधिवेशन हेर्न भक्तपुर आउनुपर्ने संदेश दिन सफल भएकोप्रति सन्तोष व्यक्त गरे ।”हामीले पूर्णत: बिधान बमोजिम काम गरेका छौं । कसैलाई काखा र पाखा गरेका छैनौं । महाधिवेशन कस्तो हुनुपर्छ भन्ने हेर्न भक्तपुर आउन हामी आग्रह गर्दछौं ।” उनले भने ।

    महाधिवेशनमा पार्टीका कार्यकर्ताबीच आन्तरिक प्रतिस्पर्धा हुने र लोकतन्त्रको सौन्दर्य यहीं नै भएको उनको भनाइ छ । पार्टीभित्रको चुनावले आन्तरिक लोकतन्त्र बलियो बन्ने उनले तर्क गरे  । यसले कार्यकर्तालाई पार्टीप्रति बफादार बनाउने र संगठन अझ मजबुत बन्ने उनले बताए । सभापति थापाले भक्तपुरमा कोही उम्मेदवार पनि पराजित नभएका दावी समेत गरे । ”बिजयी बन्न नसकेका उम्मेद्वारहरु पराजित नभई उपविजेता भएका हुन् ।” उनले भने ।

    महाधिवेशनको उर्जाले आगामी निर्वाचनमा तीनै तहमा जितेर देखाउने समेत उनले दावी गरे । ” आन्तरिक प्रतिस्पर्धामा कोही पराजित नहुने र यो पार्टीलाई चलायमान बनाउने प्रक्रियामा सहभागीता मात्र भएको भन्दै उनले आगामी चुनावमा बिपक्षी पार्टीहरुलाई पराजित बनाउन महाधिवेशनले बल मिल्ने बताए । कार्यकर्तालाई डोकोमा बोकेर नेता बन्न खोज्ने धृस्ठता नगर्न आग्रह गर्दै सभापति थापाले कार्यकर्तालाई नेता चुन्ने स्वविवेकीय अधिकार रहेको र त्यसको भरपुर प्रयोग गरी नेतृत्व चयनको अवसर पार्टीले दिएको प्रष्ट पारे ।

    उक्त अवसरमा सूर्यविनायक नगरपालिकाका नव निर्वाचित सभापति निशान ढुंगेलले आफूले सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता प्रकट गरे । जिल्ला सचिव समेत रहेका नगर सभापति ढुंगेलले चुनावी परिणामपछि उत्तेजना र निराशाका कुरा नगर्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    त्यसैगरी ढुंगेलका प्रतिस्पर्धी रहेका युवा नेता रवी राणा समेत कार्यक्रममा सहभागी भएका थिए । उनले नगर अधिवेशनमा निर्वाचन स्वाभाविक प्रक्रिया भएको बताए । आफू एकतावद्ध भएर अघि बढ्ने उनको भनाइ छ । कुनै पूर्वाग्रह नराखी पार्टीको जिम्मेवारी पूरा गर्ने उनले प्रष्ट पारे ।

    सूर्यविनायक नगर सभापतिमा निशान ढुंगेलले १४४ मत प्राप्त गरेपछि ११२ मत मात्र प्राप्त गरेका राणा नगर सभापति बन्न सकेनन । उनी आफ्नो प्यानलसहित पराजित बन्न पुगे । ढुंगेलको नेतृत्वमा उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुंगाना र सुरेश केसी विजयी भएका छन् । पदाधिकारी सहित सबै सदस्यहरुलाई समेत शनिवार निर्वाचन समितिले पदस्थापन तथा प्रमाण पत्र वितरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...