News Portal

  • किपाःग्राफी भक्तपुरद्वारा बनेपालीलाई फोटोग्राफी गौरव सम्मान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ असोज २०७८
    ९८४ पटक
    भक्तपुर, १७ असोज २०७८

    भक्तपुरका अग्रज पत्रकार केदार बनेपाली सम्मानित भएका छन । भक्तपुरका युवा फोटोग्राफरहरुको संस्था किपाःग्राफी भक्तपुरले उनलाई सम्मान गरेको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उनलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सम्पदा संरक्षणका लागी फोटोग्राफी भन्ने नारा लिई स्थापित किपाःग्राफी भक्तपुरले आफ्नो स्थापनाको छैठौं वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । फोटोग्राफी गौरव सम्मान – २०७८ बाट उनी सम्मानित भएका हुन् ।

    किपाःग्राफी भक्तपुरले प्रत्येक वार्षिकोत्सव कार्यक्रममा अग्रज फोटोग्राफरलाई सम्मान गर्नेक्रममा यो वर्ष बनेपालीलाई सम्मान गरिएको बताइएको छ । पत्रकार बनेपाली वि.सं २०२५ सालबाट फोटोग्राफीमा लागेका व्यक्तित्व हुन् । नेपाल टेलिभिजनको पहिलो भक्तपुर सम्बादाता भई उनले भक्तपुरको दृश्य टेलिभिजनमा उतारेका छन् वरिष्ठ फोटोग्राफर एवं सिनोमाटोग्राफर बनेपाली भक्तपुरको दतात्रय निवासी हुन ।

    उक्त अवसरमा किपाःग्राफी भक्तपुरद्वारा आयोजित भक्तपुरको नवदुर्गा नाच राष्ट्रिय फोटो प्रतियोगिताका उत्कृष्ट फाटोग्राफरहरुलाई नगद पुरस्कार एवं मायाको चिनो वितरण गरिएको थियो । भक्तपुरको नवदुर्गा नाच राष्ट्रिय फोटो प्रतियोगिता २०७८ मा ललितपुर जिल्लाका फोटोग्राफर विकास खड्गी प्रथम, काठमाण्डौंका फोटोग्राफर रोहित महर्जन द्वितिय र भक्तपुरका फोटोग्राफर कृष्णश्वरी दुवाल तृतिय भएका थिए । उनीहरुलाई क्रमशः नगद रु.३०हजार, २० हजार र १० हजार प्रदान गरिएको छ ।

    कार्यक्रममा वरिष्ट फोटोग्राफर जगदिश तिवारी,किपाःग्राफी भक्तपुरका सल्लाहकार एवं भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सभापति एवं किपाःग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापति,उपाध्यक्ष पदम सुन्दर शाक्य,सचिव बालकृष्ण प्रजापति र भक्तपुर नवदुर्गा नाच राष्ट्रिय फोटो प्रतियोगिताका संयोजक रविता किसी लगायतले किपा:ग्राफी र प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...