News Portal

  • ताथलीमा चोरी,लुटपाट र ठगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १७ असोज २०७८
    १०६१ पटक
    भक्तपुर, १७ असोज २०७८

    महानगरीय प्रहरी प्रभाग सुडालले चाँगुनारायण ९ ताथलीमा चोरी,लुटपाट र ठगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ताथली एकता समाज संगको सहकार्यमा प्रभागले आइतवार सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

    समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम गरिएको प्रभाग प्रमुख रहेका प्रहरी नायब निरीक्षक किशोरध्वज कार्कीले जनाएका छन् । प्रहरीले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत समुदाय संग मिलेर अपराध न्यूनीकरण र नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।

    उक्त अवसरमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्य शाहीले नजिकिदै गरेको दशैतिहार लगायतको चाडबाडको मौका पारी चोरी ठगी र लुटपाट हुनसक्ने भन्दै त्यसतर्फ समुदाय सचेत बन्नुपर्ने बताएका थिए । उनले प्रत्येक असल नागरिक बिना बर्दीका प्रहरी भएका भन्दै समाजमा शान्ति सुव्यवस्था बनाइराख्न नागरिकको महत्वपूर्ण भूमिका माथि प्रकाश पारेका थिए । प्रहरी निरीक्षक शाहीले समुदायको सुरक्षाको लागि प्रहरी हरप्रहर जागा रहनेमा जोड दिदै समुदायको सहयोग बिना प्रहरी एक्लैले केहि गर्न नसक्ने प्रष्ट पारे ।

    कार्यक्रममा चाँगुनारायण उद्योग बाणिज्य संघका सदस्य एवं युवा समाजसेवी दिल कुमार बालाले नागरिक अधिकारको उपयोग र कर्तव्यको पालना एकै सिक्काका दुई पाटा भएको भन्दै सबैले कर्तव्यको पालना गरे समाज शान्त र सुन्दर बन्ने बताए ।

    उक्त अवसरमा वडा सदस्य विद्यापति थापा, समाजसेवी श्रीकण्ठ  खड्का, ज्ञानेन्द्र थापा, कुल बहादुर नेम्हाफुकी लगायतका सहभागीले प्रहरी बर्दी सहितको नागरिक र नागरिक बिना बर्दीका प्रहरी भन्ने सोच बिकास गर्न सके मात्र समुदाय प्रहरी साझेदारी सार्थक हुनेमा जोड दिए ।

    उक्त अवसरमा चोरी, ठगी र लुटपाटका घटनाबाट आफू बच्न र समुदायलाई बचाउन कसरी सकिन्छ भन्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा २९ जना स्थानीयले सक्रियतापूर्वक सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...