News Portal

  • भक्तपुरका गैरसरकारी संस्थाले समेत ‘सूचना अधिकारी’ तोक्नुपर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२२ असोज २०७८
    १२५० पटक
    CDO rudra sharmaभक्तपुर,२२ असोज २०७८

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लास्थित गैरसरकारी कार्यालयहरुको सूचना सस्प्रेषणमा कडाइ गरेकी छन् । भक्तपुरका सरकारी कार्यालयमा मात्र अभ्यासमा रहेको एकद्वार सूचना प्रणालीलाई व्यवस्थित गर्ने र गैरसरकारी संस्थामा समेत बिस्तार गरिने भएको हो ।

    प्रत्येक सरकारी कार्यालयले मात्र नभई अब उप्रान्त गैरसरकारी सस्थाले समेत सूचना अधिकारी तोकेर सूचना सस्प्रेषणलाई सही,सहज र प्रभावकारी बनाउन उनले पहल गरेकी हुन् ।

    प्रजिअ शर्माको अध्यक्षतामा शुक्रवार बसेको जिल्लास्थित सरकारी, सार्वजनिक सेवा प्रदायक निकायका सूचना अधिकारी र सञ्चारकर्मीहरुको संयुक्त बैठकले गैरसरकारी सस्थामा समेत सूचना अधिकारी तोक्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए ।” अब गैरसरकारी संस्थाहरुले पनि सूचना अधिकारी तोक्नुपर्ने निर्णय गरिएको छ ।” उनले भने ।

    बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका गैरसरकारी संस्थाहरुले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार ‘सूचना अधिकारी’ तोक्नपर्ने बताएपछि यसलाई बैठकले अनुमोदन गरेको हो ।

    नागरिकले माग गरेका सूचना प्रचलित कानुन बमोजिम सूचना अधिकारीले समयमा उपलब्ध गराउनुपर्ने समेत निर्णय बैठकले गरेको छ । बैठकमा प्रजिअ शर्माले सम्पूर्ण कार्यालयहरुले सूचना अधिकारी तोक्नुपर्ने, सूचना अधिकारीको फोन नम्बर, ईमेल ठेगाना, फोटो सहितको फ्लेक्स सबै सेवाग्राहीले देखिने गरी राख्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिइन् ।

    त्यसैगरी सबै कार्यालयले प्रगति विवरण सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र ४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक ३/३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले सबै कार्यालयले सूचना प्रकाशनमा नेपाल पत्रकार महासंघ र हुलाक कार्यालयसँग सहकार्य गरी गर्ने र कार्यालयबाट भएका कार्यहरु नियमित रुपमा सञ्चारमाध्यमलाई जानकारी गराउने निर्णय समेत गरेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...