News Portal

  • भक्तपुरका घिमिरे सहसचिवमा सिफारिस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असोज २०७८
    १३५९ पटक
    निराजन nirajan ghimireभक्तपुर, २४ असोज २०७८

    भक्तपुर घर भएका उपसचिव निराजन घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका हुन् ।

    लोक सेवा आयोगले आइतवार बढुवाको नतिजा सार्वजनिक गर्दा घिमिरे प्रशासन सेवा अन्तर्गत रा.प.प्रथम श्रेणी(अप्रा) सहसचिव पदमा पदोन्नती हुन सफल भएका छन् । उनलाई पदोन्नती गर्न आयोगले सिफारिस गरेको हो । उनी हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी समेत हुन् ।

    लिखित परीक्षा उतीर्ण गरेका सोह्र जना उम्मेदवार मध्ये घिमिरे छैठौं स्थानमा नाम निकाल्दै बढुवा सिफारिसमा परेका छन् । उनीसंगै १२ जना उपसचिव सह सचिव बढुवामा नतिजा निकाल्न सफल भएका छन् । सूर्यविनायक नगरपालिकाभित्रै अस्थायी बसोबास गर्दै आएका चन्दननाथ ८ जुम्लाका भुपेन्द्र थापा पनि बढुवा हुनेको सूचीमा परेका छन् । निजामति सेवामा सहसचिव उच्च पदमा पर्दछ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिकाकै वडा नम्बर १० स्थायी घर भएका अर्का उपसचिव श्यामकृष्ण थापा भने बढुवाको बैकल्पिक सूचीमा परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...