News Portal

  • भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ कात्तिक २०७८
    १७६१ पटक
    भक्तपुर, ६ कात्तिक २०७८

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा समेत चारवटै नगरपालिकाका प्रायजसो वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

    शनिबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत वडा नेतृत्व चयन भएको नेकपा(एमाले) का भक्तपुर अध्यक्ष बचन देउजाले बताए । अध्यक्ष देउजाले दिएको जानकारी अनुसार सूर्यविनायकको वडा नम्बर ४ मा भने गोला प्रथाद्वारा अध्यक्ष चयन भएका छन् । वडा अध्यक्षमा २ जनाको दावेदारी परेको र दुबैले गोलाप्रथा गर्न सहमती जनाएपछि गोलाप्रथाद्वारा अध्यक्ष चयन गरिएको हो । वडा अधिवेशन सम्पन्न अन्य सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    जिल्लास्थित केहि वडाहरुमा भने वडा अधिवेशन सम्पन्न हुन सकेका छैनन् । उद्घाटन सत्र सम्पन्न भएपनि बन्द सत्र बाँकी नै रहेको बताइएको छ । मध्यपुर थिमि नगरपालिका अन्तर्गतका अधिकांस वडाहरुमा नेतृत्व बिबादका कारण बन्द सत्र स्थगित भएका बुझिएको छ । मध्यपुर थिमिको वडा नम्बर ४,५,६ त्यसैगरी ८ र ९ मा बन्द सत्र स्थगित भएका छन् । यी वडाहरुमा अध्यक्ष देउजा र मध्यपुर थिमि नगरपालिकाका मेयर समेत रहेका अर्का नेता मदनसुन्दर श्रेष्ठ पक्षको दुई समुह देखा परेपछि अधिवेशन अधुरो बन्न पुगेको हो । समानान्तर वडा अधिवेशनको तयारी गरेका दुई समूहबीच वार्ता भएपछि संयुक्तरुपमा उद्घाटन सत्र सम्पन्न भएपनि बन्द सत्र शुरु हुन सकेन ।

    अध्यक्ष देउजाले भने बिबादका कारण नभई सर्वसम्मत नेतृत्व चयनको प्रयासका लागि बन्द सत्र स्थगित गरिएको दावी गरे । भक्तपुर पोस्टसंग कुरा गर्दै उनले भने, ”वडा नेतृत्वको विषयमा कुनै गुटगत बिबाद होइन, साथीहरुबीच आन्तरीक प्रतिस्पर्धा स्वभाविक हो । हामी सर्वसम्मतीको पक्षमा रहेकाले अन्तिम प्रयास गरिरहेका छौं ।” उनले आइतवार नै बन्द सत्र सम्पन्न गरी बाँकी रहेका वडाका नेतृत्व चयन गरिने जानकारी गराए ।

    बन्द सत्र सम्पन्न हुन बाँकी रहेका वडामा मध्यपुर पछि सूर्यविनायक रहेको छ । यहाँ वडा नम्बर २ र ६ मा अधिवेशन सम्पन्न हुन सकेको छैन भने चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ मा पनि बन्द सत्र बाँकी नै रहेको छ । भक्तपुर नगरपालिकामा भने सबै वडामा अधिवेशन सम्पन्न भएको बताइएको छ ।

    नेकपा(एमाले) का नेता निर्मल भट्टराईले जिल्लामा उत्साहपूर्णरुपमा वडा अधिवेशन सम्पन्न भएको बताए । बाँकी रहेका वडामा पनि सर्वसम्मत नेतृत्व चयन हुने उनले बिश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...