News Portal

  • माओवादी केन्द्रको देशैभर वडा अधिवेशन : भक्तपुरका अधिकांश वडामा बन्द सत्र समेत सम्पन्न

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ४ मङ्सिर २०७८
    ९१६ पटक
    भक्तपुर, ४ मङ्सिर २०७८

    राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा चुनावी रौनक शुरु भएको छ । पूर्वनिर्धारित मिति अनुरुप शनिवार एकसाथ देशैभरका वडाहरुमा अधिवेशन शुरु भएको हो ।

    भक्तपुरका अधिकांश वडाहरुमा शनिवार बिहानै वडा सम्मेलन सम्पन्न समेत भैसकेका छन् । अपराह्नसम्ममा अधिकांश वडामा वडा नेतृत्व समेत टुंगो लागिसकेको र बाँकी वडाहरुले साँझ सम्ममा अधिवेशन सम्पन्न गरिसक्ने तयारी गरेका जिल्ला अध्यक्ष डिपी ढकालले जनाएका छन् ।

    जिल्लामा ४ वडा नगरपालिकाले शनिवार बेग्लाबेग्लै समय तालिका अनुसार अधिवेशन गरिरहेका छन् । भक्तपुर नगरपलिका क्षेत्रका सबै वडाहरुमा एकसाथ साँझ ४ बजे अधिवेशन गरिने नगर संयोजक साजन प्रजापतिले बताए ।

    चाँगुनारायणका संयोजक नरेश खड्काका अनुसार सबै वडामा अधिवेशन उद्घाटन भैसकेका छन् भने केहीमा मात्र नेतृत्व चयनको काम बाँकी छ ।

    मध्यपुर थिमी नगरपालिकाले पार्टीका पोलिटब्युरो सदस्य एवं भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई नै बोलाएर वडा अधिवेशन उद्घाटन गरेको छ । नगर संयोजक विजय श्रेष्ठले केही वडाहरुमा नेतृत्व समेत चयन भैसकेको बताए ।

    सूर्यविनायक नगर संयोजक सानुकान्छा आलेमगरका अनुसार नगरका ६ वडा वडाको अधिवेशन सम्पन्न भैसकेको र बाँकी ४ वडाको साँझ सम्म सम्पन्न गरिने बताए ।

    ११ गते नगर अधिवेशनको कार्यतालिका बनाएको नेकपा माओवादी केन्द्रको भक्तपुरका सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयनको अवस्था रहेको जिल्ला सह इन्चार्ज देवेन्द्र श्रेष्ठले जनाएका छन् । अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व निर्वाचित भएको भन्दै उनले बाँकी वडामा पनि सर्वसम्मत नेतृत्व चयन हुने दावी गरे ।

    पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज दिलिप प्रजापतिले वडाहरुमा नेतृत्व लिने विषयमा आन्तरिक प्रतिष्पर्धा रहेपनि कुनै बिबाद भने नभएको पुष्टि गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...