सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो । चानपा-२ दुवाकोटका युवा नेता नरेश खड्काको अध्यक्षतामा ६५ सदस्यीय चाँँगुनारायण नगर समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य जगन्नाथ डुम्रेले जनाएका छन् । उनका अनुसार उपाध्यक्षमा रामकुमार तामाङ,सुमन दाहाल र बिनोद लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी सचिवको जिम्मेवारी महिला नेतृ चण्डिका लामिछानेले पाएकी छन् भने युवा नेता श्याम नायजु सहसचिव निर्वाचित हुन सफल भएका बताइएको छ । कार्यसमितिको कोषाध्यक्षमा अर्का युवा नेता जगन्नाथ खत्री निर्वाचित भएका छन् । कार्यसमितिका सबै पदाधिकारी युवा हुन् । नगर इन्चार्ज रामशरण दाहालले युवा पुस्ताको काधमा नगर पार्टी हाक्ने जिम्मेवारी दिइएको बताए । नेतृत्वमा युवालाई अघि सार्ने पार्टी नीति बमोजिम यो भएको उनको भनाइ छ । चाँँगुनारायणको अधिवेशन उद्घाटन बिहान पार्टीको केन्द्रीय सदस्य एवं भूमि,सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गरेकी थिइन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म,सहइन्चार्ज देवेन्द्र श्रेष्ठ, संयोजक डिपी ढकाल, जिल्ला नेता सुरेश न्यौपाने,सुदर्शन पराजुली,रामलाल नेम्हफुकी लगायतले सर्वसम्मत नेतृत्वको लागि प्रेरित गरेका थिए ।
चाँगुनारायणमा नरेश खड्काको नेतृत्वमा माओवादी केन्द्रको नयाँ नगर समिति निर्वाचित
मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, ११ मंसिर २०७८
भक्तपुर, ११ मंसिर २०७८परीक्षा नियन्त्रक शर्मालाई पितृशोक
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...
नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण
चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...
५ दिने भक्तपुर महोत्सव आज सकिदैं
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...
सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
- बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो