News Portal

  • चाँगुनारायणमा नरेश खड्काको नेतृत्वमा माओवादी केन्द्रको नयाँ नगर समिति निर्वाचित

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, ११ मंसिर २०७८
    १५०७ पटक
    भक्तपुर, ११ मंसिर २०७८

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो ।                                                                                                                                  चानपा-२ दुवाकोटका युवा नेता नरेश खड्काको अध्यक्षतामा ६५ सदस्यीय चाँँगुनारायण नगर समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य जगन्नाथ  डुम्रेले जनाएका छन् । उनका अनुसार उपाध्यक्षमा रामकुमार तामाङ,सुमन दाहाल र बिनोद लामिछाने निर्वाचित भएका छन् ।                                                                                                         त्यसैगरी सचिवको जिम्मेवारी महिला नेतृ चण्डिका लामिछानेले पाएकी छन् भने युवा नेता श्याम नायजु सहसचिव निर्वाचित हुन सफल भएका बताइएको छ ।  कार्यसमितिको कोषाध्यक्षमा अर्का युवा नेता जगन्नाथ खत्री निर्वाचित भएका छन् । कार्यसमितिका सबै पदाधिकारी युवा हुन् । नगर इन्चार्ज रामशरण दाहालले युवा पुस्ताको काधमा नगर पार्टी हाक्ने जिम्मेवारी दिइएको बताए । नेतृत्वमा युवालाई अघि सार्ने पार्टी नीति बमोजिम यो भएको उनको भनाइ छ ।                                                                                                        चाँँगुनारायणको अधिवेशन उद्घाटन बिहान पार्टीको केन्द्रीय सदस्य एवं भूमि,सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गरेकी थिइन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म,सहइन्चार्ज देवेन्द्र श्रेष्ठ, संयोजक डिपी ढकाल, जिल्ला नेता सुरेश न्यौपाने,सुदर्शन पराजुली,रामलाल नेम्हफुकी लगायतले सर्वसम्मत नेतृत्वको लागि प्रेरित गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...