News Portal

  • राखेपमा खेलकर्मीहरुको हरिबिजोग : सदस्य सचिवमा ब्यापारीकै पल्ला भारी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ मङ्सिर २०७८
    ९४३ पटक
    भक्तपुर, ११ मङ्सिर २०७८

    देशमा सरकार परिवर्तनसँगै नेपाली खेलकुद क्षेत्रमा पनि सत्ता परिवर्तन माहोल व्यापक चलिरहेको छ । नेपाली खेलकुदको कार्यकारी निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ।
    पछिल्ला केही दिनयता राखेपभित्रको सत्ता परिवर्तन भइरहेको छ । निवर्तमान सरकारका नियुक्ती शेरबहादुर देउबा नेतृत्वको सरकारले धमाधम हटाइरहेको छ । यसअघि नै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त गरिएका राखेपका ९ जना बोर्ड सदस्य हटाइएका थिए । ढेड वर्ष बितिसक्दा पनि बोर्ड बैठन राख्न नसकेको र जिम्मेवारी पूरा नगरेका कारण उनीहरूले पद गुमाएका हुन् । त्यसअघि कात्तिकमै राखेपका सदस्यसचिव रमेश सिलवाल बर्खास्ती भसकेका थिए । त्यसयता सो पद रिक्त छ भने केही बोर्ड सदस्य चाहिँ नियुक्त भइसकेका छन् ।
    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गत शुक्रबार मात्र आठ जनालाई बोर्ड सदस्यमा मनोनित गरिसकेका छन् । यसैबीच नेपाली खेलकुदको कार्यकारी पद राखेपका सदस्यसचिवका लागि प्रक्रिया सुरु भइसकेको छ । खुला प्रतिस्पर्धा भनिए पनि यसअघि रमेश सिलवाल ओलीकै चाहनाअनुरूप सदस्यसचिवमा नियुक्त भएका हुन् । अहिले पनि सो पदका लागि करिब १७ जना आकांक्षी देखिएका छन् । पैसाकै भरमा सदस्यसचिवमा जिम्मेवारी सुम्पिएको भन्ने आरोप यसअघि पनि लागेको थियो । असक्षम व्यक्ति पनि नियुक्त गरिएको रहेछ भन्ने सिलवालको कार्यकाल स्पष्ट भइसकेको छ । एमालेनिकट कयौं सक्षम खेलकुदकर्मी हुँदा हुँदै पनि गोल्डेन गेट कलेजका मालिक सिलवालको नियुक्तीले पनि आसंका गनुपर्ने अवस्था थियो ।
    यसपटक पनि व्यापारी नै सदस्यसचिव पदका लागि प्रमुख दाबेदारका रूपमा हेरिएको छ । सुमेरु ग्रुपका अध्यक्ष तथा अर्बपति भरत महर्जनले नै सदस्यसचिव पाउने अनुमान भइरहेका छन् । उनी माओवादी नेता तथा वर्तमान सरकारका उर्जामन्त्री पम्फा भुसालको पहल सदस्यसचिव हुन लागेको माओवादी निकट खेलकर्मीको ठोकुवा छ । महर्जन पार्टी सदस्य त होइनन् । न उनी माओवादीनिकट अखिल नेपाल खेलकुद महासंघका कुनै कार्यकारी पोस्टमा नै छन् । महर्जनको पार्टीमा कुनै साइनो नै छैन । तर, पनि उनलाई खेलकुदको यति ठूलो जिम्मेवारी किन दिन लागिएको छ भन्ने प्रश्न पनि उब्जिएको छ ।
    यसअघि नेपाल तेक्वान्दो संघमा उनी उपाध्यक्ष भए पनि भाँडभैलो र चरम गुटबन्धिका कारण वर्तमान नेतृत्वले उनलाई दोहो¥याएन । तेक्वान्दो संघमा उनी अध्यक्ष थिए, तर, मनोनित उपाध्यक्ष सो पदमा लड्न नपाउने विधान संशोधन भएपछि महर्जन निर्वाचन अगावै बाहिरिएका हुन् । खेलाडी र प्रशिक्षकलाई विभाजित गरेको र संघमा चरम गुटबन्दी गरेको आरोप लगाउँदै वर्तमान नेतृत्वले उनलाई दोहो¥याउन नचाहेको तेक्वान्दोकर्मी बताउँछन् । संघको चार वर्षे कार्यकाल हुँदा उनको भूमिका पनि शून्य नै रहेको तेक्वान्दोकर्मीको भनाइ छ ।
    कयौं संस्थाको नेतृत्व गरे पनि व्यापारीहरूले सामाजिक संस्थामा जिम्मेवारीपूर्वक काम नगर्ने रहेछन् भन्ने उदाहरण पनि सिलवाल नै हुन् । उनी सफल व्यावसायि हुन् । तर, खेलक्षेत्रका लागि भने उनी अक्षम साबित भए । कयौं संस्थामा रहेकाले सिलवाल कमै मात्र राखेपमा देखिन्थे । पछिल्लो समय महर्जन पनि सोही पदका प्रमुख दाबेदारीका रूपमा प्रस्तुत हुन थालेपछि खेलकर्मीले निरासा व्यक्त गरेका छन् । ‘व्यापारीहरूले खेलकुद बिगार्ने भए । यसअघि सिलवालले त्यसै गरे । माओवादी मान्छे ल्याउने भए पनि पार्टीनिकट अरु नभएकै हुन र ? खेलाडीहरु प्रश्न गर्छन् ।
    साथै पछिल्ला समय ललितपुर आसपासमा महर्जनको छवि पनि खराब छ । १९ वर्षअघि सहकारीमार्फत व्यवसायिक कारोबार थालेको सुमेरु समूहले हाल सुमेरु अस्पताल, सुमेरु डाइनोष्टिक, सुमेरु मेडिकल कलेज, सुमेरु मनि एक्सचेन्ज, सुमेरु प्रिन्टिङ हाउस, सुमेरु योग व्यायामशाला, सुमेरु इन्भेष्टमेन्ट एण्ड रेमिट्यान्स, सुमेरु हाउजिङ एण्ड डेभलपमेन्ट क्षेत्रमा लगानी छ । तर, सहकारीमा भने पछिल्ला समय कयौं आरोपहरू लाग्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...