भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले ६५ सदस्यीय भक्तपुर नगर कार्यसमिति निर्विरोध निर्वाचित गरेको जिल्ला संयोजक डिपी ढकालले जानकारी दिए । पदाधिकारी भने कार्यसमितिको पहिलो बैठकले टुंगो लगाउने बताइएको छ । नमस्ते ब्याङ्क्वेट्मा सम्पन्न सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापतिले देशमा परिवर्तनकारी शक्ति माओवादी केन्द्र मात्र भएको भन्दै परिवर्तनको रक्षाको लागि संगठन मजबुद बनाउनुको बिकल्प नभएको बताए । त्यसैगरी सहइन्चार्ज देवेन्द्र श्रेष्ठले भक्तपुरको संगठन निराश हुनुपर्ने किसिमको नभएको भन्दै पुनः पहिलेकै उभार ल्याउन पार्टीका सबै कार्यकर्ता उत्साहित भएर संगठन निर्माणमा लाग्नुपर्ने आवश्यकता औल्याएका थिए । कार्यक्रममा जिल्ला संयोजक डिपी ढकालले भक्तपुरमा नेमकिपाको सत्ता ढाल्ने सामर्थ्य माओवादी केन्द्र संग भएको जिकिर गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिगामी कदम चाली संसद विघटन गर्दा तीन बित्ता उफ्रेर नेमकिपाले समर्थन गरेको भन्दै केन्द्रमा ओलीको सत्ता ढले जस्तै भक्तपुरमा नेमकिपाको सत्ता ढल्ने दावी गरे । नगर संयोजक साजन प्रजापतिले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता युवा नेता कृष्णहरि सैजुले गरेका थिए । उक्त अवसरमा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, नेताहरू सुरेश न्यौपाने, सत्यलाल मुल, सुनिल बासु लगायतको आतिथ्यता रहेको युवा नेता राकेश सुवालले जानकारी दिए ।
भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ मंसिर २०७८
भक्तपुर, ११ मंसिर २०७८भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...
काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने
काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...
कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा
भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...
रास्वपा सभापति रवि ८४ दिनपछि रिहा
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...
पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत
पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई
- आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस
- काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने
- कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा