News Portal

  • बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ

    अञ्जली सैँजु / भक्तपुरपोस्ट भक्तपुर, २० मंसिर २०७८
    ८०३ पटक
    भक्तपुर, २० मंसिर २०७८

    अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार ललितपुरको बालकुमारीमा सम्पन्न भेलाबाट बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
    बनेपाली भक्तपुरका लेखक,पत्रकार, साहित्यकार, शिक्षक एवम्  प्राज्ञिक ब्यक्तित्व भएका बुद्धिजीवी हुन् । उनको नेतृत्वमा २९ सदस्यीय सिङ्गो कार्यसमिति निर्विरोध निर्वाचित भएको बताइएको छ । कार्यसमितिमा भक्तपुरका श्रीराम सुवाल र अञ्जली सैजुसमेत सदस्य निर्वाचित भएका छन् ।
    कार्यसमितिको उपाध्यक्षमा क्रमशः रचना माेक्तान, हेमन प्रधान, चन्द्रमणि महतो रहेका छन् । त्यसैगरी राजेन्द्र फुयाल सचिव भएका छन् भने राजेन्द्रकुमार महर्जन र मानुषी मनु सहसचिव निर्वाचित भएका छन् । काेषाध्यक्षको जिम्मेवारी भने अविनाश भण्डारीले प्राप्त गरेका बताइएको छ ।                         सदस्यहरुमा बुङातुङ राई, केदारनाथ भट्ट,अर्पणा उत्कर्ष,रामजी त्रिपाठी, रमेश खतिवडा, अशाेक दुलाल,नवीन रसाइली, दिनेश सङ्ग्राैला लगायत रहेका नवनिर्वाचित अध्यक्ष बनेपालीले बताए ।
    नवनिर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्रका बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, जनसास्कृतिक महासङ्घ नेपालका संयोजक सरल सहयात्री, अखिल नेपाल लेखक संघका संयोजक केशव सिलवाल लगायतले बधाई ज्ञापन गर्नुका साथै जनताको पक्षमा लेखिरहन प्रेरित गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...