News Portal

  • भक्तपुरमा दैनिक मानव अधिकार हनन

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ९ पुस २९७८
    १०४८ पटक
    भक्तपुर, ९ पुस २९७८

    भक्तपुरमा औषत दैनिक एउटा मानव अधिकार हननको घटना हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले एक वर्षको अबधीमा जिल्लामा ३ सय ६२ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको जिकिर गरेको हो ।

    शुक्रवार घटना सार्वजनिक गर्दै इन्सेकका भक्तपुर प्रतिनिधि रहेका पत्रकार रमेश गिरीले सन् २०२१ जनवरीदेखि डिसेम्बर २४ सम्मको एकवर्षे अबधीमा हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास त्यसैगरी बाल यौनशोषण तथा दुर्व्यवहार र बहु विवाह लगायतका ३ सय ६२ वटा घटना भएका भनेका  छन् । यो अवधीमा भक्तपुरमा ६ जनाको हत्या भएको, ६ जनाको हत्या प्रयास भएको, बालिका १७ जना र महिला २४ जना गरि ४१ जना बलात्कारबाट पीडित भएको र ८ जना बलात्कार प्रयासबाट पीडित भएको गिरीले तथ्यांक सार्वजनिक गरे ।

    त्यस्तै बाल यौन दुर्व्यवहारबाट १० जना, बहुबिवाहबाट ९ जना महिला पीडित भएका र मानव बेचबिखनबाट ६ जना, घरेलु हिंसाबाट ५ जना, आत्महत्या दुरुत्साहनमा ३ जना पीडित भएका भनिएको छ । भक्तपुुरमा यो वर्ष ५८ जनाले आत्महत्या गरेका त्यसैगरी सार्वजनिक स्थलमा योनाङ्ग देखाउने १ जना, अप्राकृतिक मैथुन गराई हिंसाबाट १ जना पीडित भएका र २ सय ८ जना हराएकोमा १ सय ९० जना फेला परेका बताइएको छ ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले बालिका र एकल महिला धेरै पीडित भएको बताउदै आफ्नै मान्छेबाट हत्या र बलात्कारका घट्ना बढेकाप्रति चिन्ता व्यक्त गरेकि थिइन् ।

    उक्त अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा मानव अधिकारको रक्षा र अपराध न्यूनीकरणका लागि ठोस योजना बनाएर अघि बढ्ने बताएकी छन् । समुदायको सहयोग बिना प्रहरी प्रशासनको प्रयासले अपराध न्यूनीकरण गर्न नसकिने बताइदै उनले प्रत्येक घर परिवारबाटै अपराध विरुद्ध आवाज उठ्नुपर्नेमा जोड दिइन ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायण न्यौपाने लगायतले इन्सेकको तथ्यांकमाथि टिप्पणी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...