News Portal

  • ७ सालदेखि उठाएको अजेण्डा माओवादीले पुरा गरिदिएको भन्दै देउवाद्वारा प्रचण्डको प्रशंसा

    भक्तपुरपोस्ट संवाददाताकाठमाडौं, ११ पुस २०७८
    ५३४ पटक
    काठमाडौं, ११ पुस २०७८

    प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा माओवादीका कारण बनेको र संविधान सभा मार्फत संविधान जारी गर्न प्रचण्डले नेतृत्वदायी भूमिका निभाएको बताएका छन् ।

    आइतबार  आइतबार काठमाडौको कमलादीमा आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । काँग्रेसले २००७ सालदेखि उठाएको संविधान सभाको अजेण्डा माओवादीले पुरा गरिदिएको भन्दै उनले अध्यक्ष प्रचण्डको प्रशंसा समेत गरे ।

    उक्त अवसरमा देउवाले वर्तमान बाम लोकतान्त्रिक गठबन्धन नटुट्ने समेत खुलासा गरे । मिल्नेहरू लाई मिल्न बाट कसैले रोक्न नसक्ने भन्दै उनले एमालेका अध्यक्ष ओलीलाई गठबन्धन व्यक्तिगत रुपमा उनको विरुद्ध बनेको नठान्न आग्रह गरे ।

    एक फरक प्रसंगमा प्रधानमन्त्री देवाले एमसीसीको पक्षमा मन्तब्य दिए । एम्सेसी राष्ट्रघाती भन्ने लाई राम्ररी पढ्न उनले उपदेश दिए । ”पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ?उनले भने ।

    ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन राष्ट्रघात गरौंला ?” उनले प्रतिप्रश्न गर्दै भने ”सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्न हुदैन ।”

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...