News Portal

  • भक्तपुरमा भयानक कार दुर्घटना, २२ वर्षिय युवकको निधन

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १५ पुस २०७८
    ३२५० पटक
    भक्तपुर, १५ पुस २०७८

    छ लेन सडकमा गएराति भएको भयानक सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ४ चारदोबाटोमा गएराति भएको सडक दुर्घटनामा २२ वर्षीय युवकको ज्यान गएको हो ।

    नयाँथिमीबाट गठ्ठाघरतर्फ जादै गरेको बा ४ च ५७६ नं. को कार आफै अनियन्त्रित भई करिब पौने ९ बजे सडकको बिच भागमा रहेको डिभाईडरमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका कारमा सवार २२ वर्षीय युवकको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ज्यान गुमाउने युवक धनुषाको जनकपुर उपमहानगरपालिका १५ घर भई हाल काठमाण्डौ शान्तिनगर बस्ने बर्ष २२ कोअभिषेक साह रहेको डिएसपी राजु पाण्डेले पुष्टि गरेका छन् ।

    उपचारका लागी नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा उपचारकै क्रममा साहले ज्यान गुमाएको पाण्डेले पुष्टि गरेका हुन् । उनका अनुसार कार चालक सिन्धुली कमलामाई नगरपालिका वडा नं. १२ का २५ वर्षीय सबिन घिसिङको मध्यपुर अस्पताल थिमीमा उपचार भईरहेको छ ।

    कार अनियन्त्रत भई सोही दिशातर्फ गईरहेको ट्याक्सी र बसलाई समेत ठक्कर दिएकोमा ट्याक्सी चालक जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. १२ घर भई हाल जिल्ला ललितपुर टिकाथली बस्ने बर्ष ३२ को भिमसेन खत्री सामान्य उपचार पश्चात डिस्चार्ज भएका प्रहरीको भनाइ छ ।

    घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

    तस्विर : राजु कुटु

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...