News Portal

  • समाजवादी देशहरुबाट सिक्दै जनता केन्द्रित गतिविधि अगाडि बढाइरहेका छौं : मेयर प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ पुस २०७८
    ७६४ पटक
    भक्तपुर, १९ पुस २०७८

    चन्द्रागिरी नगरपालिकाको विधायन समितिको एक टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको छ । चन्द्रागिरी नगरपालिका विधायन समिति संयोजक एवं वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आएको टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको हो ।

    भक्तपुर नगरपालिका विधायन समितिबाट भएगरेका कार्यहरुको अध्ययन अवलोकन गर्न उक्त टोली भक्तपुर आइपुगेको नगरपालिकाले जनाएको छ । टोलीलाई भक्तपुर वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले खादा, भादगाउँले टोपी र परम्परागत थैलीबाट संयुक्त रुपमा स्वागत गरेका थिए ।

    उक्त टोलीले नगर प्रमुख सुनिल प्रजापतिसंग भेट गरी विधायन समितिबाट भएगरेका कार्यहरुबारे जिज्ञासा राखेका थिए । उक्त अवसरमा प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ पश्चात भक्तपुर नगरपालिकाले १० वटा नगरसभा सम्पन्न गरी ४६ वटा ऐन, कानुन, नियमावली तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको अवगत गराएका छन् ।

    सांस्कृतिक नगरको रुपमा रहेको भक्तपुरको कला र संस्कृति संरक्षणका लागि पुरानो सम्पदा क्षेत्रमा मौलिक शैलीमा घर बनाउने नगरबासीहरुलाई घरको मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको उनले जानकारी गराए ।

    भक्तपुरले २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएका ११८ वटाभन्दा बढी सम्पदाहरु जनताको आर्थिक सहयोग, जनश्रमदानबाट पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी गराउउदै उनले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले कसैको भर नपरेको र उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोगमार्फत गर्नुपर्नेमा जोड दिँदै आएको बताए ।

    कोभिडको समयमा भक्तपुर नपाले स्थापना गरेको आइसोलेसन कन्द्रबाट ४५५ जना कोभिडका बिरामीहरुलाई निःशुल्क उपचार गरेको जानकारी दिदै उनले भक्तपुर नपाले समाजवादी देशहरुबाट सिक्दै शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँएको र जनता केन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको बताएका थिए ।

    उक्त अवसरमा चन्द्रागिरीका टोली प्रमुख वडाध्यक्ष रामहरि बस्नेतले भक्तपुरबाट आफूहरुले सिक्न चाहेको बताएका थिए । उक्त भ्रमण टोलीमा चन्द्रगिरी नपाका वडाध्यक्षसहित, नगर सभा सदस्य, न्यायिक समिति संयोजक र सदस्य, कर्मचारी, कानुनी सल्लाहकार, इन्जिनियर तथा न्यायिक सहजकर्तालगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...