News Portal

  • सानोठिमीस्थित इआरओका निमित्त महानिर्देशक सापकोटा सहसचिवमा बढुवा

    भक्तपुरपोस्ट संवाददाता सानोठिमी, २० पुस २०७८
    ११०४ पटक
    shiba sapkotaसानोठिमी, २० पुस २०७८

    सानोठिमीस्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्र(इआरओ)मा निमित्त महानिर्देशक रहेका उपसचिव शिवकुमार सापकोटाको बढुवा भएको छ । उनी शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएका हुन् ।

    लोक सेवा आयोगको बढुवा सूचना अनुसार कार्यक्षमताको आधारमा हुने बढुवाको लागि सापकोटालाई सह सचिव पदमा बढुवा सिफारिस गर्ने बढुवा समितिले निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना मार्फत सोमबार सापकोटा सहसचिवमा बढुवा सिफारिस भएका बताएको हो ।

    बिभिन्न जिल्लामा शिक्षा अधिकारीको रुपमा कार्य गरेका सापकोटा शिक्षक किताबखानाको प्रमुख समेत रहीसकेका छन् । भक्तपुरको लौहकींथलीमा बस्दै आएका मिजासिलो स्वभावका सापकोटा शिक्षा प्रशासनका काविल कर्मचारीको रुपमा गनिन्छन । उपसचिव हुँदा नै सहसचिव प्रमुख हुने शिक्षाको प्राज्ञिक केन्द्रको रुपमा रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रमुखको रुपमा उनी कार्यरत रहेका छन् । कार्यक्षमताको आधारमा हुने बढुवाको लागि सापकोटाले पूर्णाङ्क(अंक १००) प्राप्त गरी सहसचिवमा बढुवा भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...