News Portal

  • भक्तपुर एमाले अध्यक्षमा दोहोरिए देउजा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ पुस २०७८
    ६०४ पटक
    भक्तपुर, २४ पुस २०७८

    नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । आठौ जिल्ला अधिबेशनबाट देउजाको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हो । उनी पार्टी एकतापछि बनेको तत्कालीन नेकपाको समेत जिल्ला अध्यक्ष रहेका थिए । यद्यपि उनी सातौ अधिवेशनबाट निर्वाचित अध्यक्ष भने होइनन् ।

    शनिबार सम्पन्न अधिवेशनबाट देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित सचिव मोहनवीर श्रेष्ठले जानकारी गराए । उनका अनुसार उपाध्यक्षमा बासुदेव थापा निर्वाचित भएका छन् भने उपसचिवमा मिलन सुवाल र दामोदर दंगाल निर्वाचित भएका छन् ।                                                                                                                                                         अध्यक्षका दावेदार नेताहरु शशीजङ्ग थापा, मदनसुन्दर श्रेष्ठ लगायतको फरक समूह देखिएको थियो । सर्वसम्मत भनिएको जिल्ला कमिटीमा भने उनीहरु अटाएका छैनन् । शुक्रवार पार्टीका बरिस्ठ उपाध्यक्ष इश्वर पोख्रेलले भक्तपुर अधिवेशन उद्घाटन गरेका थिए । करिब ५ सय जना अधिवेशन प्रतिनिधि रहेका एमाले जिल्ला अधिवेशन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको जिल्ला इन्चार्ज सोमप्रसाद मिश्रले दावी गरेका छन् । एमालेले २०४८ मा भक्तपुरमा पहिलो अधिवेशन गरेको थियो । त्यतिबेला एमाले भक्तपुर कमिटी ७ सदस्यीय रहेको थियो । नवनिर्वाचित १०५ सदस्यीय कमिटीमा युवाहरू बढी अटाएका छन् । नवनिर्वाचित अध्यक्ष देउजा पनि एमालेका युवा नेता हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...